शुभाकर विश्वकर्मा,जुम्ला
दोस्रो पटक जुम्ला–रारा अल्ट्रा म्याराथन भोली भाद्र २९ गते हुदैछ । गत वर्ष बाट शुरु भएको म्याराथनमा यस पटक भने अन्तराषर््िट्रय स्तरका धावकको सहभागिता रहने आयोजक कर्णाली स्पोट्स क्लवले जनाएको छ ।
क्लबका अध्यक्ष सरोज शाहीका अनुसार म्याराथनको अन्तिम तयारी पुरा भईसकेको छ । कुल ४९ किलोमिटर रहने देश तथा विदेशका अल्ट्रा धावकहरु जुम्ला पुगिसकेका छन् ।
म्याराथनका प्राविधिक संयोजक हरि रोकायले खेलको सबै प्राविधिक तयारी सबै पुरा भईसकेको जानकारी दिए । उनका अनुसार यस पटकको जुम्ला रारा अल्ट्रा म्याराथनमा युरोपको डेनमार्कबाट एकजना, अमेरिकाबाट एकजना, छिमेकी देश भारतबाट दुईजना र नेपालका सहभागि हुनेछन् ।
यस्तै सोह्र वर्षको मुनिका लागि पाँच किलोमिटर र बाह्र वर्ष मुनिका लागि १ किलोमिटर दौड प्रतियोगिता सहित कुल ३ सय जनाले सहभागिता जनाउने छन् । कर्णालीको खेल क्षेत्रको प्रवद्र्धनको लागि म्याराथनको प्रतियोगिता संचालन हुदै आएको छ । यो म्याराथन अन्तराषर््िट्रय स्तरको म्याराथन भएको रोकायले बताए ।
उनका अनुसार नेपाल ट्रेल सिरिजको सेमिफाईन प्रतियोगिता हो । भने महिला र पुरुष तर्फ गरी उत्कृष्ट ६ जनाले गोल्डेन वल्र्ड टेल सिरिजमा सहभागिता जनाउने आयोजकको भनाई छ ।म्याराथनको लागि विश्वसाईकल यात्री पुस्कर शाह जुम्ला पुगिसकेका छन् । प्रतियोगिता २९ गते विहान जुम्लाको चन्ददनाथ मन्दिर अगाडीबाट शुरु हुनेछ ।