कोहलपुर ।
बाँकेको कोहलपुरमा बाल दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘राष्ट्रिय बाल दिवस २०७६’ को पूर्वसन्धामा कोहलपुर नगरपालिकाको आयोजनामा शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
‘बाल बिवाह रोकौं, बाल अधिकार सुनिश्चित गरौं’ भन्ने विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा नगरका १९ वटा विद्यालयले वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा नमुना विद्यासदन मावि पिपरीकि छात्रा सितल के.सि . प्रथम, साईनिङ स्टार एकेडेमी पिपरिकी छात्रा दोस्रो र जनज्योती पब्लिक स्कुल रझेनाका छात्र एलिस बुढाथोकी तेस्रो तथा गोर्खा युनाइटेड पब्लिक स्कुल रझेनाकी छात्रा सुधा शर्मा तेस्रो भए ।
प्रकाशित मिति : २०७६ भदौ २८ गते शनिबार









प्रतिक्रिया दिनुहोस्