सल्यान/ सल्यान जिल्लामा अनुदानमा कार्यरत शिक्षकहरुले गत भदौ १४ गते गठन भएको जिल्ला कमिटीलाई नै पूर्णता दिने निर्णय गरेको छ । जिल्ला अध्यक्ष कुल बहादुर डाँगीको अध्यक्षतामा शनिबार बसेको बैठकले भदौ १४ गते गठन गरिएको अनुदान शिक्षक संघर्ष कमिटीलाई नै पूर्णता दिने निर्णय गरिएको सदस्य डिल्ली बहादुर रानाले जानकारी दिनुभयो ।
त्यस्तै भेलाले कपुरकोट गाउँपालिकाबाट अम बहादुर विक, त्रिवेणी गाउँपालिकाबाट सन्तोष विकलाई छनौट गर्ने निर्णय पनि गरेको छ । यस्तै कालिमाटी गाउँपालिकाबाट टोप बहादुर विकलाई सहमतिमा राख्ने र छत्रेश्वरी गाउँपालिकाबाट भने कसैको पनि नाम नआएकोले पुनः अर्को बैठकबाट पदपूर्ति गर्ने निर्णय गरिएको पनि उहाँले बताउनु भयो ।
यस्तै अनुदानमा कार्यरत शिक्षकहरुलाई सूचना र सञ्चारमा जोडिने, सबै स्थानीय तहहरुमा कमिटी गठन गर्ने र ज्ञापनपत्र बुझाउने, प्रदेश र संघिय सांसदहरुलाई आफ्ना मागहरुको बारेमा जानकारी गराउने, गाउँ÷नगर पालिका शिक्षक महासंघ, जिल्ला शिक्षक महासंघ हुँदै केन्द्रिय शिक्षक महासंघसँग आफ्ना विषयका बारेमा जाकारी गराई सम्वोधन गराउन पहल गर्ने भेलाले निर्णय गरेको छ ।
यदि आफ्ना विषयमा कही कसैबाट पनि सुनुवाई नभएका अर्को बैठक बसि आन्दोलनका कार्यक्रमहरु तय गरी अघि बढ्ने गर्ने निर्णय पारित गरेको छ । त्यसका साथै संघको काठमाण्डौमा हुने केन्द्रिय सम्मेलनमा कुलबहादुर डिसी र दिपेन्द्र प्रकाश वलीलाई पठाउने निर्णय गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्