सुर्खेत ।
कृषकलाई यतिखेर यूरिया मलको आवश्यक छ । तर सुर्खेतमा यूरिया मल भने छैन । यतिखेर कृषकलाई धान खेतीका लागि यूरिया मल आवश्यक परेपनि मल अभाव हुँदा सिकान मारमा छन् । कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतबाट कृषकहरुले अनुदानमा यूरिया मल लिँदै आएका थिए । तर एक महिना यता सुर्खेतसहित कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोटर दैलेखमा अनुदानको यूरिया मल अभाव भएको हो । मल अभाव हुँदा आवाश्यकता परेको बेला धान खेतमा मल हाल्न नपाएको भन्दै धान उत्पादन घट्ने कृषकहरुलाई चिन्ता छ ।
कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतका अनुसार गत साउनमा ४२ टन मल आएपनि समयमै सकिँदा हाल अभाव छ । कार्यालय प्रमुख टोपराम गौतमले भने, ‘ग्लोबल टेण्डरअनुसार सुर्खेतमा युरिया मल आउँछ, तर यो वर्ष कृषकलाई आवश्यक परेकै बेला मल भित्र्याउन सकिएको छैन ।’ सरकारले ओमनबाट मल ल्याउन लागेपनि नेपाल भित्रिन अँझै केहि समय लाग्ने उनको भनाई छ । उनका अनुसार सुर्खेतमा झण्डै दुईसय टन युरिया मल अभाव देखिएको हो । उक्र मल एक सातासम्म सुर्खेतमा आइपुग्ने उनले बताए ।
सुर्खेतमा गएको साउन महिनादेखिनै अनुदानको मल अभाव भएको हो । विगतमा बाँके र बर्दियाको चोरी नाकाबाट भित्रने मल समेत सुर्खेत आउँन नपाउँदा यसपटक अभाव देखिएको हो । ब्यापारीक पसलमा कहिँकतै युरिया मल पाईएपनि महंगोमा किन्नु परेको कृषक मिमकोषा कठायतले बताईन् । पश्चिम रुकुम र जाजकोटमा नेपालगञ्ज, सल्यानमा दाङ तथा कालिकोट, सुर्खेत र दैलेखमा कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतले मल आपुर्ती गर्दै आएको छ । भने हुम्ला, मुगु र डोल्पामा आवश्यकता बाहेक अन्य बेला रसायनिक मल प्रयोगमा प्रतिवन्ध लगाईएको छ । भने जुम्लामा रसायानीक मल नै प्रयोग हुँदैन ।
प्रतिक्रिया दिनुहोस्