कोहलपुर प्रहरी ‘स्कूल सचेतना कार्यक्रम’ लागु गर्दै



कोहलपुर ।

बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले लागुऔषध नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । शान्ति सुरक्षा कायम गर्नुका साथै लागुऔषध दुव्र्यसन न्युनिकरण प्राथमिकतामा रहेको बताएका हुन् । एक साता अघि मात्र कोहलपुर प्रहरी प्रमुख भएर आएका शाहीले मंगलबार बाँकेका क्रियाशिल पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा यस क्षेत्रमा रहेका चोरी डकैती, सडक समस्या, शान्ति सुरक्षा र लागु औषध नियन्त्रणको लागि विषेश रुपमा अघि बढ्ने बताए ।

‘लागु औषध समाजमा समस्याको रुपमा रहेको छ’ उनले भने, ‘यसको न्युनिकरणको लागि स्कूल समेतना कार्यक्रम लागु गर्दैछौ ।’ प्रहरी नायब उपरीक्षक शाहीका अनुसार त्यसको कोहलपुर क्षेत्रमा विद्यालय छनोट गर्ने र पाठ्यक्रम तयारीको काम भईरहेको छ । लागुऔषध न्युनिकरणका लागि यस क्षेत्रका स्थानीय तहसँग पनि समन्वयको काम भईरहेको छ । समाज रहेका समस्या समाधानको लागि पत्रकार र प्रहरीको भुमिका पनि समन्वयकारी हुनु पर्नेमा उनको जोड रहेको थियो । लागु औषधका विषयमा विद्यार्थी र अभिभावकहरुलाई प्रशिक्षित, अभिमुखिकरण गरिने प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ १८ गते बुधबार