भ्रामक प्रचारप्रति ध्यानाकर्षण



डिल्ली शाही, कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसको बारेमा भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । केही व्यक्ति तथा शैक्षिक संस्थाहरुले आफ्नो क्याम्पसमा भर्ना गर्नका लागि भ्रामक प्र्रचार गरेकोमा क्याम्पस प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । सोमबार पत्रकार सम्मेलन गर्दै क्याम्पस प्रमुख शिशिर शर्माले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मान्यता नभएको, लोकसेवा आयोग दिन नपाउने, शिक्षक सेवा आयोग दिन नपाउने भन्दै क्याम्पसको भ्रामक प्रचारप्रति ध्यानाकर्षण व्यक्त गरेका थिए । समाजमा बुद्धिजीवी भनिएका बौद्धिक वर्गबाट भ्रमित र अबौद्धिक प्रचार लज्जाष्पद विषय भएकोले उनले बताए । प्रमुख शैक्षिक जनशक्ति उत्पादन गर्ने थलोलाई भ्रामक प्रचार र शक्तिको आडमा क्याम्पस विरोधी गतिविधि नगर्न सबैलामा आग्रह गरे । क्याम्पस प्र्रमुख शर्माका अनुसार क्याम्पसको इज्जत, मान प्रतिष्ठामा दाग ल्याउन खालका गतिविधि आवश्यक छैनन् ।

बागेश्वरी क्याम्पस सरकारी सस्था भएकोले भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरेका हुन् । क्याम्पस प्रमुख शर्माले बागेश्वरी क्याम्पसले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा ९० प्रतिशत बढि जनशक्ति खपत भएको दाबि गरे । शर्माका अनुसार मध्यपश्चिमाञ्चल विद्यालयमा रुपान्तरण भएपश्चात विद्यार्थीले अब न्यूनतम शुल्कमा पढ्न पाउने अवसर प्राप्त गरेका छन् । यस्तै विद्यालयका प्राध्यापक प्रमोद सुवेदीले बागेश्वरी क्याम्पसमा गुास्रीय शिक्षा आर्जनको लागि आउन आग्रह गरे । कोहलपुरमा ऐतिहासिक महत्व बोकेको शैक्षिक क्षेत्र भएकाले यसका लागि सबैजना मिलेर जानु पर्ने विकल्प नरहेको उनको भनाई छ । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेर विभिन्न ४८ वटा कार्यक्रमहरु सञ्चालन गरेको छ । स्नातक तहको चौथो वर्षको लागि आठौं सेमेस्टर, स्नातकोत्तरमा दुई वर्षको लागि ४ सेमेष्टर सम्म हुन्छ ।

जसमा ६—६ महिनामा अन्तिम परीक्षा हुने भएकोले विद्यार्थीलाई सैद्धान्तिक र व्यवाहारिक शिक्षामा विशेष जोड दिई गुणस्तरीय शिक्षा दिनको लागि सहज र सजिलो भएको प्राध्यापक सुवेदीले बताए । यस्तै क्याम्पसका अर्का प्राध्यापक एकराज शर्माले क्याम्पसप्रति अनाहकमा हल्ला फैलाएर संंकुचित मनस्थिति भएका व्यक्ति एंवम शैक्षिक संस्थाको हवालामा नलाग्न आग्रह गरेका थिए । क्याम्पसमा गरिब, असहाय, निमुखा उत्पीडित, पिछिडिएका समुदायका विद्यार्थीहरुलाई मध्यनजर गरी क्याम्पस रुपान्तरण भएको प्राध्यापक शर्माको भनाई छ । यस्तै क्याम्पसका प्रध्यापक तथा बिद्यार्थी संगठनहरुले पनि क्याम्पसको गरिमालाई उच्च बनाउने खालको वातावरण तयार गर्ने स्थानीय सरकार कोहलपुरका सरोकारवालालाई अपिल गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ ३ गते मंगलबार