सुर्खेत ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कर्णाली प्रदेश समृद्धिका लागि सम्भावना बोकेको क्षेत्र भएको बताएको छन् । कर्णाली प्रदेशसभाको बैठकलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो कर्णालीमा रहेको जडिबुटी बाटै समृद्धि सम्भव भएको बताएका छन् । प्रदेशसभाको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनाले कर्णालीको संसदलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले विकासका दृष्टिले केही पछि रहेको भएपनि सम्भावनाका प्रचुर सम्भावनाको क्षेत्र भएको बताएका थिए ।
‘कर्णालीमा बहुमुल्य जडिबुटी छन्’ उनले भने, ‘कोही उपचार नपाएर मर्नु पर्दैन ।’ यसको लागि उद्योगको स्थापना र बैज्ञानिक अनुसन्धान हुनु पर्छ । देश संघीय संरचनामा गएदेखी नै कर्णाली प्रदेश सबै कुरा अघि रहेको भन्दै विकास निर्माण लगायतका कार्यमा पनि अगाडी नै हुनु पर्ने बताए । संघीयता कार्यान्वयनसँगै प्रदेशसभाले काम थालेको भन्दै उनले जनअपेक्षा काम गर्नु पर्ने उनको भनाई रहेको छ ।
यसले कर्णालीको विकास र समृद्धिमा सहयोग पुग्नेछ, सरकारलाई पनि प्रश्न सोधर तथा छलफल गरेर जवाफदेही बनाऔ ं।’ सडकको पहुँच वृद्धि गरेर कर्णालीबासीलाई विकासको अनुभूति गराउन सकिने भन्दै उनले कर्णाली राजमार्गको स्तरोन्नती र री करिडोरको निर्माणमा समेत अध्यक्ष तिमिल्सिनाले जोड दिएका छन् ।








प्रतिक्रिया दिनुहोस्