कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ८ मा रहेको औराह बाबा शिव पार्वती मन्दिर निर्माणार्थ महायज्ञ शुरु भएको छ । धार्मिक सांस्कृतिक र ऐतिहासिक महत्व झल्काउले उद्देश्य एक हप्ताको लागि महायज्ञ शुरु भएको हो । ‘कोहलपुर बाबानगर श्रीमद्भागवत महापुराण श्री कृष्ण जन्माष्टमी धार्मिक सांस्कृतिक महामहोत्सव ज्ञान महायज्ञ २०७६’ नाम दिईएको छ । वडा नम्बर ८ मा रहेका विभिन्न विद्यालयका विद्यार्थी, धर्म प्रति आस्थावान सयौ जनाको उपस्थितिमा कलश यात्रा पछि महायज्ञको उद््घाटन गरिएको सोमबार उद्घाटन गरिएको थियो । उद्घाटनमा कोहलपुर नगरपालिका क्षेत्रका व्यक्तित्वहरुको सिमित उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा धार्मिक सांस्कृतिक महामहोत्सव ज्ञान महायज्ञ बारे उद्देश्य माथि प्रकाश पार्दै मुल आयोजक समिति सदस्य पुर्ण आचार्यले मन्दिरको ऐतिहासिकता झल्काउने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य रहेको जानकारी दिए ।
यस क्षेत्रको धार्मिक महत्वको क्षेत्रको रुपमा रहेको मन्दिर विकासको लागि सहयोग जुटाउने उद्देश्य रहेको स्पष्ट पारे । उनका अनुसार पछिल्लो समय धर्म प्रति आस्था घट्दै गईरहेको अवस्थामा यस्तो कार्यको शुरुवात गर्नु आफैमा सकारात्मक पक्ष हो । पवित्र कार्यमा सबैको सहयोग र सहकार्यको आशा र अपेक्षा आयोजकले गरेको उनको भनाई छ । उद्घाटन समारोकका प्रमुख अथिति कोहलपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रेशम बहादुर शाहीले संस्कृतिको संरक्षण गर्नु अहिलेको आवश्यकता भएको बताए । स्थानीयहरुको सक्रियतामा भएको महायज्ञ भएकोले सबैले साथ र सहयोग गर्नु पर्ने उनको भनाई रहेको छ । यस्तै उत्तल अवसरमा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले पछिल्लो पुस्ताले धर्म र संस्कृति प्रति चासो नदेखाउन छाडेकोले धर्म र संस्कृति बिर्सन नहुने बताए । आर्थिक समितिका संयोजक समेत रहेका अधिकारीको जो सुकैले आफ्नो ईच्छाए अनुसारको दान गर्न सक्ने जानकारी दिए ।
श्री श्री श्री (१०००८) एक हजार आठ हरी संकर गिरि महायज्ञको प्रमुख आथित्यतामा उद्घाटन कार्यक्रम हुने भनिए पनि उनको अस्वस्थताका कारण उपचारको लागि भारतमा भएको जानकारी गराईको थियो । उनले उपचार गरेर कार्यक्रम अन्त्य सम्म आउने वचन समेत दिएको आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रम औंराह बाबा शिव शक्ति मन्दिर समितिका अध्यक्ष तथा मुल आयोजक समितिका संयोजक रमेश कुमार गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
शिव पार्वतीको मन्दिर निर्माणको लागि महायज्ञबाट ६० लाख आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । कोहलपुर बाबानगर श्रीमद्भागवत महापुराण श्री कृष्ण जन्माष्टमी धार्मिक सांस्कृतिक महामहोत्सव ज्ञान महायज्ञको अवसरमा विभिन्न झाँकी, धार्मिक प्रवचन, सांस्कृतिक लगायतका दर्जनौ प्रस्तुती प्रस्तुत गरिनेछ । पहिलो दिन पनि विभिन्न धार्मिक तथा सांस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरिएको थियो ।