8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

प्रदेश सरकारद्धारा राहत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६  

सुर्खेत ।

कर्णाली प्रदेश सरकारले मुगुका आगलागी पिडितलाई राहात प्रदान गरेको छ । मुगुको खत्याड गाउँपालिका २ नम्बर वडा कार्यालय र नजिकैका अन्य चार घरमा अज्ञात समुहद्वारा गरिएको आगजनीबाट पुर्ण रुपले क्षति भएका घर परिवारलाई राहत वितरण गरिएको हो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी नेतृत्वमा पुगेको टोली घटनास्थल मै पुगेको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णबहादुर रोकायाका अनुसार मन्त्री भण्डारी सहित प्रदेश सांसद चन्द्रबहादुर शाही, दानसिंह परियार, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागिता राहात वितरण गरिएको हो । सोही हेलिकप्टरमा अग्नि पीडित १० जनालाई उद्दार गरि सुर्खेत ल्याइएको रोकायले जानकारी दिए ।

मन्त्री भण्डारीले घटना स्थलको प्रत्यक्ष अवलोकन गरि प्रदेश सरकार प्रत्येक जनताको घर दैलोमा रहेकाले कोही कसैले पनि असुरक्षित महसुस नगर्न अग्नि पीडितलाई सान्त्वना दिए । उनले दोषीलाई सुक्ष्म अनुसन्धान गरि कानुनी दायरामा ल्याएर हदै सम्मको कारवाही हुने आश्वासन दिए । सो टोलीले खाद्य सामग्री, टेन्ट लगायतका सामग्री वितरण गरेको छ ।

प्रकाशित मितिः बिहिबार, साउन २३, २०७६     9:38:20 AM  |