1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

कनकासुन्दरीको ४६ लाख बजेट फ्रिज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन ५, २०७६  

जुम्ला ।
जुम्ला कनकासुन्दरी गाउँपालिकाको गत आर्थिक वर्ष २०७५÷०७६ को ४६ लाख बजेट फ्रिज भएको छ । गाउँपालिकामा आएका विभिन्न शिर्षकका योजना काम नै शुरु नगरि आर्थिक वर्ष सकिएको छ । कर्णाली प्रदेश सरकारले गाउँपालिका प्रदान गरेको रकम काम नहुदा फ्रिज हुने पुगेको हो । कृषि मन्त्रालय अन्तर्गत आर्गानिक कृषि सहकारी संस्था लाई दिईएको ५० लाख मध्य १८ लाख खर्च नै हुन सकेन ।

सिंजा सग्राहलय निर्माणका पर्यटन मन्त्रालय बाट प्राप्त ५० लाख मध्य गाउँपालिका र वडा पालिकाका जनप्रतिनिधि बीचको विवादका २७ लाख रुपैया खर्च नै हुन नसकेको सिंजा संग्राहलयका अध्यक्ष सम्भु काफ्लेले बताए ।‘ सिंह दरबारको अधिकार गाउँ गाउँमा आएको भनिएको छ’ उनले ‘हामीले कहिल्यै सिंहदरबार गाउँमा आएको अनुभूति नै गर्न पाएका छैनौ ।’ गाउँपालिका वर्षभरी विकास निर्माण लगायातका योजनामा काम कम होडिङ बोर्ड बढि बनाएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

उनका अनुसार सम्पन्न नभएका योजनाको पनि होडिङ बोर्ड बनाईएको छ । गाउँपालिकामा तिव्र राजनितिक करणको प्रभाव विकास निर्माण कार्यमा परेको उनको भनाई छ । सचिव हरिहर काफ्ले जनप्रतिनिधि बीचको जुंगा लडाईका कारण कर्मचारीलाई काम गर्ने वातावरण नै नभएको बताउछन् । गाउँपालिकामा संचालित कृषि सहकारीका अध्यक्ष दिपेन्द्र उपाध्यायले आफुहरुले गाउँपालिकालाई बारम्बार योजना सहित कार्ययोजना सहित पेश गर्दा समेत राजनितिक कारण उपेक्षा गरिएको बताए । गाउँपालिका अध्यक्ष नरबिर रावतले आफ्नो स्वास्थ्य अवस्थाका लामो समय बाहिर रहेको र गाउँपालिकाका गतिविधिमा खास्सै जानकारी नभएको प्रतिक्रिया दिए ।

प्रकाशित मितिः आइतवार, साउन ५, २०७६     8:46:04 PM  |