आफ्नै घरबाट असहयोग हुन थालेपछि खान र पढ्नको लागि कहिलै माछा मार्ने र कहिले दाम्ला बेच्न थाले ।
निकै कठिन अवस्था भोग्नु प¥यो, भन्दै केहीबेर भक्कानिए उनी ।
नेपालीमा उखानै छ, दुःख नगरी कहिलै सुख आउँदैन । पहिले सुखमा र्हुकिएको मानिसपछि गएर दुःख पाउँछ । त पहिले दुःख गरेको मानिसपछि सुख पाउछ । यो संसारको रितै हो । दुःख र सुख मानिसका बाचुन्जेलका सारथी हुन् । ती दुःख एउटा पहिलो सफलताको बाटो हो । जब मानिस दु ःखमा पर्छ अनि संघर्ष गर्न थाल्छ । जब मानिसले दुःख पाउँदैन उसले संघर्ष कसरी गर्ने जानेको हुँदैन । संघर्ष गरेर उच्च शिखर चुम्न सकिन्छ भन्ने उदाहरण हुन् । राजनितिज्ञ रेशम कुमार खत्री । उनी भन्छन्, दुःख नै मानिसको पहिलो सफलता हो तर संघर्ष त दोश्रो सफलता हो । इमान्दारी, लगनशिलता, जिम्मेवारी बोध र निरन्तर प्रयासका कारण सफल भएका हुन् उनी ।
रेशम बहादुर खत्रीको जन्म २०२५ चैत ६ गते साविकको सल्यानको कालिमाटि गाउँपालिका टाकरकोटमा आमा लालमति खत्री र बाबा दल बहादुर खत्रीको कोखबाट भएको हो । ६ वर्षको उमेरमा नै आमा गुमाएका खत्रीले आमाको बात्सल्य प्रेम पाउन सकेनन् । वि.स. २०३३ सालमा जनसेवा माध्यमिक विद्यालय सहारे सुर्खेतमा पठनपाठन सुरु गरे । त्यहाँ कक्षा ३—८ कक्षा सम्म पढे । ३ देखि ८ सम्म कक्षा प्रथम नै भए । पढाई राम्रै थियो । त्यती बेलामा कालिमाटी सम्म मोटरबाटो पुगेको थियो । नेपालगञ्जबाट नुन बोक्नु पथ्र्यो । नेपालगञ्जबाट २० नं. अर्थात १०० केजी बोक्नुपथ्र्यो । उनी भन्छन्, आफ्नै घरबाट असहयोग हुन थालेपछि खान र पढ्नको लागि कहिलै माछा मार्ने र कहिले दाम्ला बेच्न थाले ।
निकै कठिन अवस्था भोग्नु प¥यो, भन्दै केहीबेर भक्कानिए उनी । सानै क्रान्तिकारी स्वभाव भएका खत्री विद्यालयमा पढ्ने बेलादेखि नै राजनितिमा सक्रिय हुन थालिसकेका थिए । जनसेवा माध्यमिक विद्यालयका शिक्षक लिलाराम थापा र प्राधानाध्यापक अर्जुन बहादुर शाही उनका राजनितिक प्रेरणाका स्रोत हुन् । उनको राजनितिक जीवन भने वि.स २०३५ सालबाट शुरु भएको हो । पहिलो राजनितिक औपचारिक आवद्धता सल्यान जिल्लाको कालिमाटि काल्चेको गाउँ कमिटीको सचिवबाट शुरु हो । पछि वि.स. २०३९ सालमा बाँकेको कोहलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ९ र १० पढे । आर्थिक अवस्था कमजोर भएका कारण १० कक्षा पुरा हुन सकेन ।
स्कुलमा फी तिर्ने समेत पैसा नभएर परिक्षामा सामेल नहुन नपाएको दुःख सुनाए उनी । आर्थिक अवस्था अत्यन्तै नाजुक भएकै कारण २०४१ सालमा पढाई नै छोड्नु प¥यो । पढन नपाउदा कत्ति दिन रोएरै कटाए । पछि घरबाट भने विस्तारै साथ मिल्न थाल्यो । बाबा र दाईहरुले बोलाएपछि पुनः गाउँ फर्किए । घर पर्किएपछि १६ वर्षको उमेर मै बिहे भयो । अहिले श्रीमती सहित एक छोरा र छोरी छन् । बिहेपछि राजनितिकलाई निरन्तरता दिए । उताबाट परिवार नै बसाई स¥यो । साविकको कोहलपुर गाविस साविका वडा नं. ८ को वडा कमिटि सदस्य हुँदै सचिव भए । वि.स. २०७१ साल मा कोहलपुर नगरपालिका घोषण भएपछि म नगर कमिटि सचिवका उनी । अहिले कोहलपुर नगरपालिका वडा नं.८ को अध्यक्षको जिम्मेवारीमा छन् ।
डिल्ली शाही