बाँके ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१ सौरी मोडमा भएको सडक दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
सोमबार कोहलपुरदेखि दाङतर्फ जाँदै गरेको ना८ख ३३३ नम्बरको ट्यांकर र दाङदेखि कोहलपुरतर्फ आउँदै गरेको भे९प ९५१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कैलाली धनगढी उपमहानगरपालिका–३ का अन्दाजी ४९ वर्षीय घमनबहादुर शाही र धनगढी उपमहानगरपालिका–१४ का अन्दाजी ३६ वर्षीय रूपेश बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुवै सवारीसाधन तीव्र गतिमा रहेकाले नियन्त्रण गर्न नसकी एकआपसमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको ट्राफिक प्रहरीले जनाएको छ । दुवै जनाको शवलाई पोस्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ट्यांकर र चालकलाई स्थानीय प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।









प्रतिक्रिया दिनुहोस्