14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

मुगुमा प्रदेशका सबै योजना अलपत्र

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २८, २०७६  

मुगु ।

मुगु जिल्लामा सञ्चालित कर्णाली प्रदेश सरकारका योजना लथालिङ्ग अवस्थामा छन् । आर्थिक वर्ष सकिँन लाग्दासम्म पनि योजना कार्यान्वयन प्रक्रिया सुरु हुन सकेको छैनन । हचुवाका भरमा प्रदेशले जिल्लामा पठाएका विभिन्न योजनाहरू कार्यान्वयन नहुँदा कागजमै सीमित भएका छन् ।

कर्णाली प्रदेश सरकारबाट जिल्लामा भवन निर्माण, सिँचाइ, बाटो, विद्यालय भवन फलफूल खेती, पशुपालन, कपास खेती लगायत योजनामा करिब १२ करोड बजेट आएको छ । अहिलेसम्म एउटै योजना पनि सम्पन्न भएको छैनन् । यस्ता योजनाको अनुगमन मूल्यांकन कसले गर्ने भन्ने पनि मुगाली बासीहरु अन्योलमा रहेका छन ।

जिल्लाको छायाँनाथ रारा नगरपालिकामा आधा दर्जन भन्दा योजना रहेका छन् । ती कुनै पनि योजनाको काम सुरु हुने सकेको छैन । पर्यटकीय क्षेत्र चंखेलीमा बाटो निर्माणमा १५ लाख बजेट छ, कामको सुरुवात भने भएकै छैन ।

बामगाउँदेखि दुधेदहसम्म बाटो निर्माणमै २५ लाख, फलात खेलमैदान निमार्णमा १० लाख बजेट विनियोजित भएको छ । कामको भने सुरसार छैन । छायाँनाथरारा नगरपालिका वडा १४ का अध्यक्ष नन्दलाल बडुवालले भौतिक पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन नभएको बताए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २८, २०७६     3:03:40 PM  |