मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन ६, २०७५
सुर्खेत ०६ ।, सुर्खेतमा जारी कर्णाली प्रदेशस्तरिय मुख्यमन्त्री रनिङ्ग शिल्ड भलिवल प्रतियोगिताको उपाधि रुकुम पश्चिम र कालिकोटले हात पारेका छन् । खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा रुकुम पश्चिम र कालिकोट विजयी भएका हुन् ।
पुरुषतर्फको खेलमा सल्यानलाई तीन शुन्यको सोझो सेटमा हराउँदै रुकुम पश्चिमले उपाधि हात पारेको हो भने, महिला तर्फको उपाधि कालिकोटले पनि तीन–शुन्यको सोझो सेटमा रुकुम पश्चिमलाई सहज रुपमा हराउँदै जित निकालेको हो । प्रतियोगिता सम्पन्न पछि प्रदेश सरकारका आर्थिक मामीला तथा योजना मन्त्री, प्रकाश ज्वाला, भौतिक योजना मन्त्री, आन्तरिक मामीला मन्त्री, सामाजिक विकास मन्त्रीबाट पुरस्कार वितरण गरिएको थियो । 

प्रतियोगितामा पुरुष तर्फ सुर्खेत र महिलातर्फ दैलेखले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडि पुरुषतर्फ रुकुम पश्चिमका डाइमण्ड खड्का र महिलातर्फ कालिकोटकी पुस्पा शाही भएकी छिन् । उनीहरुलाई जनही तीनहजार सातसय नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । उपाधि हात पार्ने दुवै समूहले एक÷एक लाख नगद, प्रमाणपत्र र रनिङ्ग शिल्ड प्राप्त गरेको आयोजक सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यस्तै, दृतिय हुने समूहले नगद ७५ हजार र तृतिय हुनेले नगद ५० हजारसहित मेडल प्राप्त गरेका छन् ।
यही फागुन १ गतदेखि सुरु भएको प्रतियोगितामा प्रदेशका १० वटा जिल्लाका महिला र पुरुषका एक÷एक गरी जम्मा २० वटा समूहको सहभागिता रहेको थियो । यस्तै, शनिबार भएको भएको खेलमा पुरुषतर्फ सल्यानले दैलेखलाई र रुकुमले सुर्खेतलाई पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेका थिए । समूह चरणको पहिलो खेलमा रुकुमलाई हारको स्वाद चखाएको सल्याल पुनः जित हातपार्दै उपाधिका लागि फाइनलमा पुगेको थियो ।
महितर्फ शनिबार महिला तर्फको कालिकोटले सुर्खेतलाई र रुकुमले दैलेखलाई हराउँदै फाइनलमा प्रवेश गरेका थिए । ५० लाख बढी खर्चिएको प्रतियोगितामा आगामी वर्षमा अरु खेलहरुलाई पनि समावेश गरिँदै लैजाने प्रदेश सरकारले जानकारी दिएको छ । खेल क्षेत्रमा सरकारी लगानी नभएको गुनासो आइरहेको हुँदा प्रदेश सरकारले खेल प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।