29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

जाजरकोटको नलगाड नगरपालिकामा महोत्सव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५  

हेमन्त केसी, जाजरकोट ः स्थानीय उत्पादन , कला संस्कृती सँरक्षण गर्नका लागि नलगाड नगरपालिकामा महोत्सव सुरु भएको छ । जिल्लाको अन्य ठाउँमा भएको महोत्सव भन्दा अलि फरक तरिकाले सुरु गरिएको महोत्सवमा फागुन ३ गतेसम्म संञ्चालन हुने नलगाड नगरपालिकाले जनाएको छ । “एकता, वीरता र सम्पदाको अन्जुली, हाम्रा गौरव नलगाड—भेरी, प्यारी र नहकुली” भन्ने मुल नारा सहित आयोजित नलगाड साँस्कृतिक महोत्सव २०७५ को मुख्य लक्ष्य, ऐतिहासिक, धार्मिक, पुरात्विक र सांस्कृतिक सम्पदा तथा वीरताका गाथाहरुको प्रचार प्रसार मार्फत पर्यटन प्रवद्र्धन गरी नलगाडबासीको आयस्तर उकास्ने र पहिचानलाई गौरवान्वित रुपमा स्थापित गर्ने रहेको नगर प्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।


उक्त साँस्कृतिक महोत्सवको उदेश्यहरु ऐतिहासिक, सांस्कृतिक, मानवीय, आर्थिक तथा मानवीय सम्पदाको प्रचार प्रसार मार्फत पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने । नलगाडवासीको जीवन रुपान्तरणका अवसरहरु पहिल्याउन सहयोग गर्ने । नलगाड नगरपालिकाको मानवीय विकासका आयामहरुमा वृहत सामाजिक एकता कायम गर्न सहयोग गर्ने । समग्र नलगाड नगरपालिकाको विकासको कार्यदिशा तय गर्न सहयोग गर्ने रहेको नगर प्रमुख रावलले बताउनुभयो ।


तीन दिनसम्म चल्ने महोत्सवमा नगरपालिका भित्रका सांस्कृतिक झाँकीहरुको प्रदर्शनी गरिने, स्थानीय लोक सांस्कृतिक प्रतिभा प्रदर्शनी गरिने, जिल्ला भित्रका सांस्कृतिक झांकीहरुको प्रदर्शनी गरिने, नलगाड नगरपालिकाको सचित्र परिचय सम्वन्धी सूचना प्रवाह गरिने, साहित्यिक प्रतिभा पहिचान गर्न रचना वाचन गरिने, नलगाड नगरपालिकाको विकासका विभिन्न सवालमा कार्यशाला गोष्ठी तथा विषयगत प्रतिवद्धता र घोषणहरु गरिने, बाल विवाह लगायतका सामाजिक सवालमा सचेतनाका लागि सन्देश प्रवाह र सडक नाटक प्रदर्शन गरिने, स्थानीय कृषि उपज, वस्तु र सेवा तथा औद्योगिक एवं व्यापारिक प्रदर्शनी गरिने, पर्यटन प्रवद्र्धनका लागि सम्पदाहरुको प्रचार प्रसार गरिने, ऐतिहासिक, धार्मिक र पौराणिक महत्वका सम्पदा र विश्वासहरुको प्रचार प्रसार गरिने, विषयगत श्र्रष्टा र प्रतिभाहरुको सम्मान तथा कदर गरिने नगर प्रमुख रावलले महोत्सव उद्घाटनको क्रमम बताउनुभयो ।

महोत्सव उद्घाटनको दिन नलगाड नगरपालिका–१० को मयुर नाँच, नलगाड नगरपालिका–१ को दमाह नाँच र दरी नाँच, नलगाड नगरपालिका–५ को महिला ख्याली नाँच, नलगाड नगरपालिका–८ को सिंगारु नाँच जस्ता विभिन्न झाँकीहरुको साथमा प्रसंशा परिको आक्रसक नृत्य प्रस्तुत गरिएको थियो ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन ३, २०७५     9:28:34 AM  |