कोहलपुर २४ असोज/बाँकेको बैजनाथ गाउँपालिका—६ सितापुरटोल स्थित न्यु जर्नी युवा क्लबले मंगलबार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । क्लब आधिकारी रुपमा दर्ता भईसकेपछि परिचयात्मक कार्यक्रमको आयोजना गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष भुपाल पुन मगरले क्लबको लक्ष्य तथा उद्देश्यले प्रकाश पार्दै जोर्नी युवा क्लब बैजनाथ गाउँपालिका कै नमुना क्लब बनाउने योजना बनाएर जाने बताए ।कार्यक्रमका प्रमुख अथिति तथा बैजनाथ गाउँपालिका वडा नं ६ का वडाध्क्ष भद्र बहादुर बस्नेत जोर्नी युवा क्लब आधारिक दर्ता भए संगै नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरे साथै उनले क्लबलाई आवश्यक पर्ने सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
त्यस्तै क्लबका संरक्षक दिल विश्वकर्माले क्लबको विधानमा भएको निति नियम र प्रावधान बारे जानकारी गराउनुका साथै जोर्नी युवा क्लबलाई गाउँपालिकाकै उत्कृष्ट क्लब बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य नन्द विश्वकर्माले क्लब आधिकारीका रुपमा दर्ता निति विधिमा चल्नुपर्ने बताए साथै उनले खेलाडीहरुमा सृजनशिलता हुनुपर्ने बताए । न्यु हरियाली सामुदायिक वनमा रहेको खेलमैदानका लागी प्रदेश सरकारबाट ३६ लाख रुपैया प्रदेशप्राप्त हुने समेत बताए ।
कर्यक्रममा क्लबका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमका भिन्न खेलका प्रशिक्षक,खेलाडी समाजसेवी सर्वधारण संचारकर्मी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्