8 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

शिखर सहकारीले ८ औं स्थापना दिवस मनायो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ६, २०७५  

कविन्द्र परियार/कोहलपुर ६ असोज , बाँकेको कोहलपुरमा रहेको शिखर जडिबुटी उत्पादक सहकारी संस्थाले विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर आफ्नो आठौं स्थापना दिवस मनाएको छ । सहकारी शुक्रबार सप्ताहव्यापी कार्यक्रमको समापन गरेको समापनसत्रका प्रमुख अथिति तथा जिल्ला सहकारी संस्थाका अध्यक्ष प्रेम सुवेदीले केक काटेर तथा सहकारीले उत्पादन गरेको शिखर अचारको सार्वजनिक गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

सप्ताहव्यापी कार्यक्रमको समापन सत्रमा बोल्दै प्रमुख अथिति सुवेदीले सहकारीहरु ेआर्थिक कारोबार मात्र नभएर उत्पादनमुखी हुनुपर्ने बताए । सहकारीले उत्पादन गरेको अचारले सहकारी उत्पादन मुखी भएको संकेत गरेको भन्दै उत्पादन र बजारीकरण लाई विशेष जोड दिनुपर्ने बताए । कार्यक्रममा शिक्षा उपशाखा संयोजक पार्वती गौतमले स्वागत गित प्रस्तुत गरेकी थिईन ।

सहकारीले गत भदौ ३० गतेदेखी सुरुगरेको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रक्तदान गरिएको थियो सो रक्तदान कार्यक्रममा करिब २५ जना रक्तदान गरेको सहकारीले जनाएको छ । त्यस्तै सहकारी १५ दिने योगशिविर संचालन गरेको थियो । भने सर्वसाधारणका लागि सहकारीको विषयमा जानकारी दिने उद्देश्यले सहकारी शिक्षा प्रदान गर्ने तथा जेष्ठ नागरीकलाई भजन किर्तन र प्रसाद ग्रहण गर्ने कार्यक्रम संचालन गरेको बताईएको छ ।

समापन सत्रमा रक्तदान संयोजक हरिराम थारु, योगशिविर संचालन संयोजक जया कुमारी थापा बाल कार्यक्रम अन्र्तगत निशुल्क स्वास्थ्य शिविर संयोजक लुना बुढाथोकी जेष्ठनागरिक सम्मान संयोजक दिलसरा बुढाक्षेत्री स्थापना तथा समापनसत्र संयोजकमा नवराज उपाध्यायलाई अतलुनिय भुमिका निर्वाह गरेको भन्दै प्रशसापत्र र खादा सहित सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका सदस्यहरु विच शुभकामना साटासाट तथा मनोरञ्जनात्मक कार्यक्रम गरि वार्षिक उत्सत्व मनाएका थिए । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष नवराज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका व्यवस्थापक धनसरी रानाले संचालन गरेकी थिईन ।

प्रकाशित मितिः शनिबार, अशोज ६, २०७५     10:21:10 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *