मुगु ५५औँ खुल्ला दिसामुक्त जिल्ला घोषणा



मुगु,२९ जेठ/  राष्ट्रिय सरसफाइ गुरुयोजना २०६८ अनुसार राष्ट्रलाई खुल्ला दिसामुक्त देश बनाउने लक्ष्यअनुरुप सोमबार मुगु जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।

जिल्ला खानेपाली सरसफाइ स्वच्छता समितिको आयोजना तथा जिल्लाका सरोकावाला निकाय एवं सरकारी तथा गैरसरकारी कार्यालयको अगुवाइमा मुगु जिल्लालाई ५५ औँ जिल्लाका रूपमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

मुगु नागरिकहरुमा विस्तारै चेतनाकोस्तर बढेसँगै सबै जना चर्पीमा दिसा पिसाव गर्ने गरेको छायाँनाथ रारा नगरकार्यपालिकाका सदस्य सीमा परियारको भनाइ छ । साविकका २४ गाविस नै खुल्ला दिसामुक्त घोषणा भएसँगै मुगु जिल्ला नै सचेत बनेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

मुगुमा १० हजार ७ सय ३९ घर घरधुरी छन् । जसमा ९७.५ प्रतिशत आफ्नै चर्पी भएका छन् भने २.५ प्रतिशत साझेदार रूपमा चर्पी भएका छन् ।

सबै घरका स्थानीयले चर्पीमा दिसा पिसाब गर्ने गरेका कारण जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला खानेपानी स्वच्छता समन्वय समितिका संयोजक पूर्णबहादुर रोकायको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २९ गते मंगलबार