कविन्द्र परियार : कोहलपुर,१ चैत/ वन्यजन्तुबाट हुने क्षति न्युनिकरण गर्न बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्रमा मेसजाली लगाउन सुरु गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नं ९ आर्थिक सहयोगमा मेस जाली लगाउन सूरु गरिएको वडा कार्यालयले जनाएको छ ।
ढकेरी मध्यवर्तीको करिब १४ किलोमिटर क्षेत्रमा यस आर्थिक वर्षमा तार जाली लगाउन करिब ७० लाख विनियोजन गरिएको । र सो रकमले अपुग भएमा अर्को आर्थिक वर्षमा विनियोजन गरि पुरै क्षेत्रमा मेसजाली लगाईने वडा नं ९ का अध्यक्ष महाविर वलीले बताए ।
वडा भित्र मेसजालीलाई पहिलो प्राथामिकतामा राखेर काम गरेका छौ । सबै भन्दा बढी मेसजालीका लागि रकम विनियोजन गरिएको छ । वडा अध्यक्ष वलीले भने ।
वडा कार्यालयको रु ३ करोड ६ लाख मध्ये ७० लाख रुपैया तारबारका लागि विनियोजन गरिएकोमा पहिलो चरणमा बाँके राष्ट्रिय निकुञ्ज र वडा कार्यालयको सम्झौता भई जुलोजिकल सोसाईटी अफ लन्डन (जेड.एस.एल) को २५ लाख र वडाको १५ लाख रुपैया गरी ४० लाखको लागतमा महादेवाको ५ किलोमिटर क्षेत्रमा काम सुरु गरिएको छ ।
त्यस्तै दोस्रो चरण अन्र्तगत मध्यवर्ती क्षेत्रको पश्चिमपुरुवा बुचापुर हुदै दोस्रो चरणको मेसजालीको कामलाई तिव्रता पारिएको वडा कार्यालयले जनाएको छ । मेसजालीका लागि अहिले सम्म करिब ८ सयवटा पोल गाडि सकिएको र ५ गेज साईजको जाली आइपुगेपछि मेसजाली लगाउन सुरु गरिने उपभोक्ता समितिका अध्यक्ष घन बहादुर वलीले बताए ।
वन्यजन्तु तारजालीबाट छिर्न नसकोस भनेर कंक्रिंट सहितको मेसजाली लगाउन सू्रु गरिएको जेड.एस.एलका प्रमुख पवन गौतमले बताए ।
मेसजालीका लागि स्थानीय मध्यवर्ती सामुदायिकका वनका दैनिक १२ जना उपभोक्ताले श्रमदान गरिरहेका छन ।
ढकेरी मध्यवर्ती क्षेत्रको करिब १४ किलोमिटरमा लगाईने मेसजाली यसवर्ष विनियोजित ९५ लाखको लागतमा काम सुरु गरिएको र बाँकी अपुग भएमा आगामी वर्षमा कामलाई निरन्तरता दिईने बताइएको छ । मेसजालीबाट ढकेरी मध्यवर्ती क्षेत्रका करिब ८ सय घरधुरी लाभान्वित हुने बताईएको छ ।