बिष्णु अधिकारि – कतार ,
पर्वत जिल्ला मा जन्मिएर काठमाण्डु स्थायी घर भइ करिब एक दशक देखि दोहा कतारलाइ कर्मथलो बनाउदै आएका राजेन्द्र कुमार थापा अहिले पछिल्लो समय म्युजिक अभिनय हुँदै भिडियो छ्याङ्कार तथा निर्देशकको रुपमा आएका हुन ।
थुप्रै म्युजिक भिडियोमा आफ्नो अभिनय प्रस्तुत गरिसकेका थापाले पछिल्लो समय गायक संतोष रुचालको “तिमि पराइ” नामक एल्बमको भिडियो बजारमा ल्याएका छन ।
भिडियो निर्देशन तथा अभिनय थापा आफैले गरेका छन । यसै भिडियो मार्फत निर्देशक थापाले आफ्नो जीवन साथी कृति थापालाइ अांसिक रुपमा थुप्रै म्युजिक भिडियो मा डेब्यु गराएता पनि पहिलो पटक अाफ्नै जोडिको रुपमा पुरा म्युजिक भिडियोमा डेब्यु गराएका हुन । थापा दम्पतिलाइ भिडियोमा साथ दिएका छन अर्का कलाकार सन्देश कालाखेतिले ।
दोहा कतारको रमणीय स्थानमा कैद गरिएको भिडियोमा थापाले भरपुर मिहनेत लगाएको पाइन्छ । पहिलो पटक रियल दम्पतिलाइ रिल लाइफमा पनि थुप्रै दर्शकले मन पराएका छन । प्रवासी नेपाली साङ्तिक परिवार दोहा कतारको महासचिब समेत रहेका थापा कतारमा स्थापित थुप्रै नेपाली सघ सस्थामा पनि आवद्द छन ।
म्युजिक नेपाल युट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त गितमा इन्द्र मणि गैरेको लय शब्द मा नरेन्द्र बियोगि को सङ्गित संयोजन र संतोष रुचालको स्वर छ भने भिडियोको छायांकन भबिन्द्र तामाङ र राजेशले गरेका हुन भने सम्पादन थापा अाफैले गरेका छन।
भने दृष्य निर्माण थापा अाफैले सञ्चालन गर्दै अाएको सेल्फि टि भि प्रोडक्सन ले गरेको छ।।
भिडियो ,,
प्रतिक्रिया दिनुहोस्