बाँके ।
नेपालगञ्जमा कर्फ्यू जारी भएपछि नेपाली सेना परिचालन गरिएको छ । दुई समूहबीचको झडप भएपछि दिउँसो १ बजेदेखि नेपालगन्जमा कर्फ्यू जारी गरिएको थियो । दुई समूह र प्रहररीबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।
नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले अश्रुग्यास, टियरग्यास तथा कयौं राउण्ड हवाई फायर गरेको छ । ठूलो संख्यामा गल्ली–गल्लीमा प्रहरी परिचालित छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले शान्ति सुरक्षा कायम गर्न सेनाको सहयोग लिइएको जानकारी दिए ।
दुवै समूहलाई छलफलका लागि बोलाइएको भएपनि अहिलेसम्म कोही नआएको र प्रयास जारी रहेको उनले जानकारी दिए ।
तस्बिरहरूः कृष्ण ओली
प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्