25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

‘आर्या’को ‘हाम्रो धर्ती’मा शिल्पा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर ४, २०७७  

पछिल्लो समय आन्तरिक पर्यटकहरुका लागि निकै नै चर्चित मानिएको मानुङ डाँडामा छायांकन गरिएको चलचित्र ‘आर्या’को गीत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रोडक्शनको निर्माणमा तयार भएको यो चलचित्र लकडाउनका कारण प्रदर्शन हुन पाएको
थिएन । अब भने चलचित्रको निर्माणपक्षले चलचित्रचको प्रचार आरम्भ गरेको छ । चलचित्रमा समावेश ‘हाम्रो धर्ती’ बोलको गीतमा मेलिना राइको स्वर, राम सिटौलाको संगीत, लक्ष्मण सिटौलाको शब्द छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका शिल्पा पोखरेललाई फिचरिङ गरिएको छ । उपेन्द्र तिमिल्सिनाले यो चलचित्रको निर्देशन गरेका हुन् । यो गीतको भिडियोमा नेपालको राष्ट्रिय झन्डालाई प्रयोग गरिएको छ । झन्डालाई नेपाल र नेपालीको आत्मसम्मान र गौरवको प्रतिक मान्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ ।

दिव्यराज सुवेदीको छायांकन, मिलन श्रेष्ठको सम्पादन, कुमार महर्जनको एक्सन रहेको चलचित्रमा शिल्पाको साथमा अनुप विक्रम शाही, प्रकाश शाह, रवि गिरी, सुशिल पोखरेल, गीता अधिकारी लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

प्रकाशित मितिः बिहिबार, मंसिर ४, २०७७     9:45:46 AM  |