26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

मणिरत्नले ल्याए ‘हाँस्दाहाँस्दै’ तेस्रो सिर्जना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन ११, २०७७  

प्रगतिशील कविको छवि बनाएका मणि अर्याल (मणि रत्न)ले आधुनिक गीतको क्षेत्रमा तेस्रो सिर्जना बजारमा ल्याएका छन् । शुक्रबार युटुब च्यानल मार्फत उनको सिर्जना हाँस्दाहाँस्दै लन्च गरिएको हो ।
यसअघि मेरो सुन्दर संसार र घैलाभरी पानी बोलका आधुनिक गीत रचेका मणिले चर्चित गायक प्रमोद खरेलको स्वरमा हाँस्दाहाँस्दै बाहिर ल्याएका हुन् । मणिरत्नको लेखाई जति सुन्दर छ, प्रमोद खरेलको स्वर त्यति नै कर्णप्रिय । त्यसलाई सन्तोष श्रेष्ठको संगीत र युगल कलाकारको अभिनयले अत्यन्तै सुन्दर समिश्रण सहितको सिर्जनाको आधुनिक गीत उपहार शुक्रबार मणिरत्नले पस्किएका हुन् ।

सन्तोष श्रेष्ठको संगीतमा गाइएको मणिरत्नको तेस्रो सिर्जना लन्च गरेको केही घण्टामै १९ हजार बढीले रुचाएको युटुब च्यानल ओएर डिजिटलमा हेर्न सकिन्छ । ‘विरहको गति भएपनि केही सन्देश दिन खोजिएको छ’, कवि मणिरत्नले आधुनिक गीतमा निरन्तर कलम चलाउन प्रेरित भएको प्रतिक्रिया दिंदै भने, ‘दर्शक, स्रोताको स्नेहले उत्साहित छु ।’

प्रकाशित मितिः आइतवार, साउन ११, २०७७     8:25:11 AM  |