15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

हिमांशु शाहीको ‘न्यूरोड घुमाउछु’ सार्बजनिक (भिडियो सहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र ५, २०७७  

कोहलपुर/ पछिल्लो समयका चर्चित गायक निसान भट्टराई र नब गायीका बसन्ती हमालको सुमधुर आवाज रहेको ‘न्यूरोड घुमाउछु’ बोलको गित सार्वजनिक भएको छ ।

विदेश जान्छु पैसा कमाउछु अनि मत आउछु मेरो मायालुलाई काठमान्डु सहर न्यूरोड घुमाउछु गितको अडियो जति प्रेमिल लाग्छ, भिडियो पनि त्यतिकै आकर्षक अनि प्रेमिल बनेको छ ।

यस गीतमा हिमांशु शाहीले शब्द र संगीत भरेका छन । गीतलाई बिशाल निरौलाले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा सन्तोष बानियाँ र लिजा क्षेत्रीलाई फिचर्ड गरिएको छ । शन्तोष बानिया र लिज्जा क्षेत्रीको केमिस्ट्री पनि भिडियोमा गजब देखिएको छ । गीतको भिडियोलाई सुबोल थापाले कोरीयोग्राफ गरेका हुन् भने, उत्तम हुमागाईले भिडियोकोे छायाँकन गरेका हुन् ।

गीतको भिडियोमा नविन निरौलाको कलर तथा सम्पादन रहेको छ । गीतको भिडियोलाई ‘साहारा टिभि खबर’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । हिमान्शुको आफ्नो उत्कृष्ठ शब्द सिर्जनामा केहि गितहरु यस अघि नै सार्बजनिक भैसकेका छन ।

भिडियो

प्रकाशित मितिः बिहिबार, चैत्र ५, २०७७     2:51:15 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *