24 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

संचारकर्मि तिलक परियारको ‘हितैको दौतरी’ बजारमा (भिडियो सहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज ३, २०७८  

कोहलपुर / कलाकार तिलक परियार र धनिराम सापकोटाको हितैको दौतरी बजारमा नयाँ गित आएको छ । हितैको दौतरी ’ बोलको गीतको म्युजिक भिडियो आईतबार रिलिज गरिएको छ । हितैको दौतरी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा छायाँकन गरीएको हो । गितमा शब्द आयुश परियारको रहेको छ भने स्वर तिलक परियार, धनिराम सापकोटा, देबिसरा विश्वकर्मा र तिर्था शाहीको रहेको छ ।

नेपाली मौलीक कला संस्कृती झल्कने भेषभुषा सहित गीतको भिडियोमा बालकृष्ण सिग्देल, ममता खड्लुक मगर, प्रेम परियार र लक्ष्मी सुनारले अभिनय गरेका छन । गीतको भिडियोलाई चन्द्र मन्दिरले निर्देशन गरेका हुन् भने,अर्जुन सापकोटाले भिडियोको छायाँकन गरेका हुन् । गीतको भिडियोमा निर्मल प्याकुरेलको कलर तथा सम्पादन रहेको छ । गीतको भिडियोलाई हाइलाइट्स नेपालको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

लामो समय देखि संचार क्षेत्रमा सक्रिय संचारकर्मी तथा गितका गायक तिलक परियार आफ्नो पुरानो मौलीक कला लोक, संकृती जोगाई राख्नको लागी अहिले निरन्तर गित संगीतमा पनि लागीपरेको बताउँछन । तिलक परियार कोहलपुरमा रहेको रेडियो मिसनमा लोक थुंगा कार्यक्रम निरन्तर दुई वर्षदेखि सञ्चालन गर्दै आएका छन् ।

भिडियो हेर्नुहोस

प्रकाशित मितिः आइतवार, अशोज ३, २०७८     9:20:56 PM  |