स्वस्थ रहन डब्लुएचओ का १२ टिप्स



एजेन्सी/  विश्वमा शारीरिक स्वास्थ्य ठूलो चुनौतीका रूपमा देखिएको छ । खासमा कार्यव्यस्तता र प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ ।

अहिलेको दुनियाँमा मानिस स्वस्थ रहनका लागि निकै सचेत हुन आवश्यक छ ।यसै सन्दर्भमा अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वभरिकामानिसलाई स्वस्थ रहनका लागि १२ वटा टिप्स सार्वजनिक गरेको छ:

१ .  स्वस्थ खाना खानुस् ।

२ . हरेक दिन शारीरिक रूपमा सक्रिय हुनुस्, व्यायाम गर्नुस् ।

३. खोप लगाउनुस् ।

४. कुनै पनि प्रकारका सुर्ती सेवन नगर्नुस् ।

५. सकेसम्म मदिरा सेवन नगर्नुस्, गर्ने गरेको भएमात्रा घटाउनुस् ।

६. शारीरिक र मानसिक स्वास्थ्यका लागि तनाव व्यवस्थापन गर्नुस् ।

७. स्वच्छताको अभ्यास गर्नुस् ।

८. स्पिडमा र मदिरा सेवन गरेर  कहिल्यै सवारी नहाँक्नुस् ।

९. गाडी चलाउँदा सिटबेल्टर मोटरसाइकल चलाउँदा हेल्मेट  अनिवार्य प्रयोग गर्नुस् ।

१०. सुरक्षित यौनसम्पर्ककोअभ्यास गर्नुस् ।

११. नियमित स्वास्थ्य जाँच गर्नुस् ।

१२. स्तनपान शिशुका लागि उत्तम ।

  • No tags available
प्रकाशित मिति : २०७४ माघ २ गते मंगलबार