कोहलपुर नगरपालिका–२ स्थित तेह्र विगाहा मैदानमा आज विहान १० बजे देखि मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने कोहलपुर कपडा व्यवसायी संघका महासचिव एकराज भण्डारीले जानकारी गराएका छन् ।
कपडा व्यवसायीहरुका विभिन्न पेशागत समस्याहरुका बीच पनि कोहलपुरमा कपडा व्यवसायीहरु आफ्नो वस्तुगत संगठन बनाएर आफ्नो पेशागत हक, अधिकारको संरक्षण, संवद्र्धन र सांगठानिक एकता कायम राख्न संघले समय–समयमा विभिनन कार्यक्रमहरु गर्दै आइरहेको छ ।
पत्रकारहरु सँगको मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि व्यवसायीहरु सञ्चार मैत्री पहिचान गराउने भावनाबाट पे्ररित भएर खेल्न लागिएको संघका अध्यक्ष मेघराज अधिकारीले बताए ।
व्यवसायी र सञ्चारकर्मी बीचको सम्बन्ध र सौहार्दता भावनात्मक रुपमा राम्रो होस् र कोहलपुरमा रहेका क्रियासिल पत्रकारहरुले यहाँका व्यवसायीहरुका पीडा र समस्याहरुलाई पनि आफ्ना समाचारका विषय बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्न लागेको कोहलपुरका अगुवा पत्रकार भीम रावतले बताए ।
प्रतिक्रिया दिनुहोस्