संकल्प जनसेवाको ११ औं साधारण सभा सम्पन्न



कविन्द्र परियार कोहलपुर,१६ बाँकेबाँकेको कोहलपुर नगरपालिका ५ स्थित संकल्प जनसेवा बहुउद्देश्यीय संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा शनिबार बार कोहलपुरमा सम्पन्न भएको छ । सभाको सहकारी बार्डका केन्द्रीय सदस्य देव बहादुर के.सी तथा सहकारी संघ बाँकेका अध्यक्ष पे्रम सुवेदीले सयुक्त रुपमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । संस्थाकी सदस्य माया गौतमले स्वागत मन्तव्य राखे सगै सुरु भएको कार्यक्रममा संस्थाकी अध्यक्ष भारती खनालले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन । सभामा आर्थिक वर्ष २०७३÷०७४ को १३ करोड ८० लाख २५ हजार ३ सय ४५ रुपैंया बराबरको आयव्य प्रस्तुत गरिएको थियो । साथै उक्त सभामा जेष्ठ नागरिक लिलामणि भूषाल संस्थापक सदस्य सम्झना खनाल पुस्पा श्रेष्ठ, त्यस्तै मासिक बचत तर्फ उमा पौडेल,तारा शाहीलाई दोसल्ला तथा सम्मान पत्र सहित सम्मानित गरिएको थियो । त्यस्तै उतकृष्ट दैनिक बचत तर्फ तिलक गौतम, बिमला कडेल, ससी आचार्य, दिपा गाहा, झुपा नगरकोटी, इमरान अहमद सिद्धिकी, करुण शाह र बाटुली पूरीलाई समेत सम्मान तथा दोसल्लाले सम्मान गरेको थियो । त्यस्तै कर्मचारी प्रविना राना र बाल बचत गर्न उत्कृष्ट प्रविना राना, प्रियङ्का राना लाई समेत दोसल्ला तथा सम्मान गरेको थियो । कार्यक्रममा केन्द्रिय सहकारी संघको केन्द्रिय सदस्य देव बहादुर केसी, जिल्ला सहकारी संघ बाँकेको सदस्य प्रेम सुवेदी, संस्थाका सल्लाहाकार इन्द्रमणि ढकाल र होम प्रकास सुवेदी लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रम संस्थाकी अध्यक्ष भारती खनालको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन संस्थाकी सचिव मधु खड्काले गरेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस १६ गते आइतबार