डिल्ली शाही/ कोहलपुर, ९ मंसिर, कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा प्रज्ञिक विद्यार्थी परिषद नेपालले एक दिवसीय अभ्यासवर्ग कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अथिथ्यतामा बागेश्वरी क्याम्पसका नेपाली विभागका प्रमुख तथा प्रध्यापक संघका अध्यक्ष पुस्कर नाथ रिजाल रहेका थिए । उक्त कार्यक्रममा बोल्दै रिजालले यस प्रज्ञिक विद्यार्थी परिषद नेपालले विद्यार्थीलाई एउटा असल, ज्ञानी, सहयोगी, सभ्य व्यवहार र भावना विकास गराउने मुख्य उद्देश्यका साथ यस प्रज्ञिक विद्यार्थी परिषद नेपाललको स्थापना भएको बताए ।
त्यस्तै सुर्खेत जिल्लाका प्रज्ञिक विद्यार्थी परिषद नेपाललका जिल्ला सचिव दौलत सुवेदीले भने, अहिले नेपालका विभिन्न विद्यालयहरुमा निर्माण भएका राजनितिक संगठनहरुले विद्यालयलाई एउटा राजनितिक थलो बनाएको अवस्थामा हाम्रो यस प्रज्ञिक विद्यार्थी परिषद नेपाल कुनै राजनितिक दलको नभई विद्यार्थीको हक हितको लागि मात्र काम गर्ने बताए ।
कार्यत्रममा प्रज्ञिक विद्यार्थी परिषदका कोहलपुर नगरपालिका नगर अध्यक्ष भिम खरेल, बागेश्वरी एकेडेमीका संचालक समितिका अध्यक्ष मिणी प्रसाद गरै, प्रज्ञिक विद्यार्थी परिषदका जिल्ला सचिव दौलत सुवेदी लगायत विद्यार्थीहरु उल्लेखनिय उपस्थिति रहेको थियो । प्रज्ञिक विद्यार्थी परिषद नेपालका कोषाध्यक्ष बसन्त शर्माले कार्यक्रम संचालन गरेका थिए ।
प्रकाशित मिति : २०७४ मंसिर ९ गते शनिबार








प्रतिक्रिया दिनुहोस्