24 June 2024  |   सोमवार, असार ११, २०८१

काठमाडौंबाट दाङ आउँदै गरेको बस दुर्घटना, २० जना यात्रु घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०८०  

बुटवल ।

काठमाडौँबाट दाङ आउँदै गरेको यात्रुवाहक बस गएराति रुपन्देहीको देव दह नगरपालिका वडा नम्बर ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

घाइते भएकाहरू मध्ये धेरै जसो अहिले डिस्चार्ज भए पनि गम्भीर घाइते भएका दुई जनालाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका डिएसपी होम थापाले २ जनालाई भैरहवा रिफर गरिएको र अन्य बिहानबाट क्रमिक रूपमा अस्पतालले डिस्चार्ज गर्दे गरेको बताए ।

उनले गम्भीर घाइते दाङको शान्तिनगर– ५ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरी, र सल्यानको कपुरकोट–५ बस्ने ४० वर्षीय रिखि साहुलाई भैरहवा रिफर गरेको रातोपाटीलाई बताए ।

बा प्र ०३–००१ नम्बरको बस गए राति १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरूमध्ये २० जना घाइते भएको थिए । घाइतेहरू मध्ये २ जना गम्भीर , ५ जना मध्यम र अरू १३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०८०     11:07:16 AM  |