19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

एशियाली छनौट खेल्न २२ महिला नेपाली खेलाडी छनौट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४  

काठमाडौं, कात्तिक १०/  महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनौटका लागि २२ जना खेलाडी छनौट गरिएको छ । तीन दिनसम्म कीर्तिपुर मैदानमा भएको प्रतियोगिताबाट २२ जना खेलाडी छनौट गरिएको छ । 

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटा, महिला राष्ट्रिय क्रिकेछ टिमका प्रशिषक सामसोन जङ थापा, कप्तान रुबिना क्षेत्री र आइसिसीका प्रतिनिधि अमिनुयल इस्लाम सम्मिलिट टोलीले २२ खेलाडी छानेको हो । छनौट भएका खेलाडीमा सीता रानामगर, ज्योती पाण्डे, सरिता मगर, नेरी थापा, रोमा थापा, इन्दु वर्मा करुणा भण्डारी र सोनु खड्का छन् ।

त्यस्तै शोभा आले, नितु भण्डारी, अलिशा क्षेत्री, कविता कुँवर, विनु बुढामगर, सरस्वती चौधरी लक्ष्मी चौधरी, रितु कनौजिया, संगिता राई, काजोल श्रेष्ठ, रेखा रावल र शबनम राई रहेका छन् । यी २२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर अन्तिम टोली घोषणा गरिने छ ।

महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एशियाली क्षेत्रको छनौट आउँदो महिना थाइल्याण्डमा हुँदै छ । नेपालसहित चीन, हङकङ, थाइल्याण्ड र युएई रहेको एशियाली क्षेत्रको छनौट प्रतियोगिताको विजेता टोलीले आउँदो वर्ष नेदरल्याण्ड्समा हुने महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट खेल्न पाउने छ ।

बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको छनौटका लागि छानिइसकेका छन् ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०७४     3:30:57 PM  |