19 September 2021  |   आइतवार, अशोज ३, २०७८

सडकको क्षेत्राधिकार भित्रका संरचना हटाउन आग्रह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४  

रावन बिश्वकर्मा, बाँसगढी, ०८ कार्तिक / बाँसगढी नगरपालिकाले बाँसगढी बजार क्षेत्रमा सडकको क्षेत्राधिकार भित्र पर्ने सबै संरचनाहरु हटाउन अनुरोध गरेको छ ।बाँसगढी नगरकार्यपालिकाले सूचना जारी गर्दै सडक क्षेत्र भित्र पर्ने सबै संरचनाहरु हटाउन अनुरोध गरेको हो । नगरपालिकाल ती संरचनाहरु हटाउनका पटक पटक निर्णय गरी सूचना जारी गरेको भए पनि हटाउन सकेको थिएन ।
तर स्थानिय तहको निर्वाचन भई जनप्रतिनिधीहरु आए लगतै बाँसगढी बजारलाई सफा, सुन्दर र फराकिलो बनाउन नगरपालिका लागि परेको छ । त्यसको परिणाम बजार क्षेत्र भित्र रहेका सबै रुखहरु काटी सकिएको छ ।
अहिले तिहार लगतै फेरि माईकिङ गरेरै यही कार्तिक १० गते भित्र बाँसगढी नगरपालीका वडा नम्बर ५ मा पर्ने पूर्वपश्चिम महेन्द्र राजमार्ग पर्ने बाँसगढी बजारकोे २३ मिटर दायाँ बाँयामा रहेका घर, टहरा, घुम्ति, पर्खाल वा अन्य संरचनाहरु हटाउन अनुोध गरेको छ ।
सूचना जारी गरेको मितिमा संरचनाहरु नहटाए कानून बमोजिम जाने समेत सूचनामा उल्लेख गरिएको छ । तर सड्कको छेउछाउमा रहेका फुटपाथ व्यापारीहरुले भने नगरपालिकाले गरेको निर्णय राम्रो भए पनि आफूहरुलाई गरिखान नदिन नगरपालिकाले हटाउन लागेको बताए ।
उनीहरुले सड्कमै दैनिक व्यापार गरेर घर गुजारा चलाउदै आएको र त्यहाँबाट हटाइए घर गुजार चलाउनै गारो पर्ने दुखेसो पोखे । तर बाँसगढी नगरपालिकाका नगर प्रमुख लिकराम अधिकारीले भने फुटपाथका व्यापारीहरुलाई असर नपर्ने गरी ठाँउको व्यवस्था मिलाएको बताए । उनका अनुसार बाँसगढी मुख्य चोकको दक्षिण तर्फ रहेको सामुदायिक पुस्तकालयको अगाडि चौरमा फुटपाथका व्यापारीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्ने छन । नगरपालिाले चालेको यो कदमले ती व्यापारीहरुलाई केही असर परे पनि समग्र रुपमा सबैलाई फाईदा हुने देखिन्छ । बजार क्षेत्र भित्र रहेका सबै संरचना हटाईए बजार फराकिलो सुन्दरका साथै दुर्घटना हुने सम्भावनामा पनि कमि आउने सर्वसारणर बताउछन् ।

प्रकाशित मितिः बुधबार, कार्तिक ८, २०७४     1:42:43 PM  |