16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

दुई जिल्ला जोड्ने पुल नहुँदा सास्ती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २८, २०७४  

भिम रावत / कविन्द्र परियार , कोहलपुर २८ असोज बर्दियाको बाँसगढी नगरपालिका –३ महादेवा र बाँकेको बैजनाथ–६ लालपुर जोड्ने मानखोलामा पुल नहुँदा दुई जिल्लाका बासिन्दाले सास्ती खेप्नुपरेको छ ।पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ रहेको बर्दिया जिल्लाको महादेवा र बाँकेको लालपुर जोड्ने मानखोलामा पुल नहुँदा सास्ती खेप्नु परेको स्थानीयवासीले गुनासो गरेका छन । बर्दिया महादेवाका स्थानीय खिमलाल रोकायले आफुहरु दैनिक किलमेलका लागि बाँकेको सम्झना बजार जानुपर्ने र मानखोलामा पुल नभएका कारण बाढी आएपछि घण्टौ सम्म खोला किनारमा बसेरै फर्केरै वा खोला घटेपछि जानुपर्ने बाध्यता परेको बताए ।
‘‘झुलुङ्गे पुलबाट जाने हो भने एक त तीन किलोमिटर टाढा छ, त्यसैमा पनि जङ्गल छ, चोरको डर हुन्छ, यहाँबाट जाने हो भने खोला तर्न सकिदैन वर्षाको समयमा लालपुर पढ्न जान समेत नपाएको महादेवा की १६ वर्षिया विद्यार्थी सविना रेग्मीले दुखेसो पोखिन् । अर्का विद्यार्थी आन्नद परियारले खोलामा पुल नभएकै कारण वर्षा मौसमभरी पढाई बाट वञ्चित हुनुपर्ने बाध्यता रहेको बताए । त्यस्तै अर्की स्थानीय राम कुमारी थारुले मानखोलामा पुल नहुँदा वर्षामा राती बच्चा बिरामी हुँदा समेत अस्पताल लैजान कठिन हुने गरेको बताईन । पुल नहुँदा अकालमै मर्ने अवस्था छ उनले भनिन । मानखोलामा पुल नहुँदा लालपुरका भन्दा महादेवाका वासिन्दाले अझ बढी सास्ती खेप्नुपरेको छ । कृषि पेशामा निरर्भर महादेवाका बासिन्दा दैनिक जस्तो बाँकेको सम्झना बजारमा दुध, तरकारी जस्ता दैनिक उपभोग्य सामाग्रीहरु किनबेच गर्न आउने गर्दछन, सम्झना बजारबाट करिब ५ किलो मिटर उत्तरमा रहेको महादेवाका बासिन्दालाई मानखोला कहर बनेको छ । सो क्षेत्रमा पुल नभएका कारण ६ वर्ष पहिले सो  खोला तर्ने क्रममा बगेर २ जनाले ज्यान गुमाएको स्थानीयले बताए अहिले पनि सो खोलामा पुल नहुँदा दैनिक जसो विद्यार्थी र अन्य आवतजावत गर्ने मानिसहरुलाई  समेत चिप्लिने लड्ने गर्दछन भने खुट्टामा लगाएको चप्पल खोलेर हातमा लगाएर जानुपर्ने बाध्यता
रहेको छ । करिब ३ सय घरधुरी रहेको महादेवा गाउँमा स्थानीय तहको निर्वाचनको बेलामा थुपै्र राजनितिक दलका नेताहरु भोट
माग्न त्यही बाटो प्रयोग गरेका र अहिले कुनै पनि नेता फर्केर  पनि महादेवा गाउँमा नआएको स्थानीयले गुनासो गरे । सो खोलामा एउटा ‘‘झुलुङ्गेपुल भएपनि पायक पर्ने ठाँउमा नभएको सो बाटोमा चोर लाग्ने भएका कारण महादेवाका बासिन्दा त्यो बाटो प्रयोग गर्न छोडेका छन् ।
यता बर्दियाको बासगढी नगरपालिका प्रमुख सालिकराम अधिकारीले ‘बाँसगढी नगरपालिकाले यस नगरपालिका—३ महादेवाका स्थानीय नागरिकलाई नगरपालिकाको सेवा सुविधा लिन सहज होस् भनेर सो गाउँको पश्चिममा रहेको खोलामा पक्की पुल निमार्ण गर्ने योजना यस आर्थिक वर्षको नगरसभाबाट पारित गरिसकेको’ बताए । अधिकारीका अनुसार त्यस वडाका जनप्रतिनिधिहरुसँग नक्साङकन र डिजाइनको लागि छलफल भइरहेको र यस वर्ष पक्की पुलको डिजाइन इस्टिमेट गरि कामको थालनी गर्ने योजना रहेको बताए ।

प्रकाशित मितिः शनिबार, अशोज २८, २०७४     10:08:04 AM  |