नेल्टा बाँकेका उपाध्यक्ष खत्रीलाई एशियाकै उत्कृष्ठ अवार्ड प्रदान



कोहलपुर/  नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) बाँकेका उपाध्यक्ष टर्क बहादुर खत्री शैक्षिक क्षेत्रतर्फको एशियाकै उत्कृष्ठ अवार्ड प्राप्त सफल भएका छन् । उनी “Asias No.1 BRAND & LEADERSHIP EXCELLENCE AWARDS” प्राप्त गर्न सफल भएका छन् । Research Under Literal Access RULA  AWARDS द्वारा एशियाका २५ वटा देशमा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई प्रदान गरिएको पुरस्कार मध्य शिक्षा क्षेत्रको Asias Best Faculty Development for Online Teaching  शिर्षकको पुरस्कार बाँकेका अंग्रेजी शिक्षक टर्क खत्रीले प्राप्त गरेका हुन् ।

एशिया महादेशका २५ भन्दा बढी देशहरुमा कार्यरत अंगे्रजी भाषा शिक्षकहरुले कोभिड–१९ को कहरका कारण शैक्षिक संस्थाहरु बन्द रहेको अवस्थामा पनि अनलाईन माध्यमबाट ‘भर्चुअल कक्षा’ सञ्चालन गरेका थिए । कोरोना महामारीको सयमा पनि अनलाईन माध्यमबाट कक्षा सञ्चालन गरेर शैक्षिक क्षेत्रमा पु¥याएको कार्यको योगदानको मूल्याङकन तथा उनले उपनाएको शिक्षण विधिका आधारमा अवार्ड प्रदान गरिएको हो ।

उक्त अवार्ड आगामी २०२१ फेब्रुवरी ७ तारिखमा भारतमा एक भव्य कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिने आयोजक मलेसियन संस्था RULA ले जनाएको छ । बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार निवासी खत्रीले कोहलपुर नगरपालिकामा रहेको श्री राम माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका छन् । उनी बिगत २० वर्ष देखि शिक्षण पेशामा आवद्ध छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २६ गते बुधबार