18 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

भगवती युवा क्लवले उचाल्यो उपाधी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २६, २०७४  

भीम रावत कोहलपुर, २६ असोज / बाँकेको बैजनाथ गाउँपालिका–६ लालपुरमा बुधबार सम्पन्न मैत्रीपूर्ण खुल्ला फुटवल प्रतियोगिताको उपाधी भगवती युवा क्लव हसनापुरले उचालेको
छ । प्रतियोेगिताको निर्धारित समयमा दुबै टीमले २÷२ गोल गरी बराबरी भएपछि निर्णायक परिणामका लागि ट्राईबेकर खेलाइएको थियो ।
ट्राईबेकरमा आयोजक टीम न्यू हरियाली युवा क्लव लालपुरको ३ गोलका विरुद्ध भगवती युवा क्लव हसनापुरले ४ गोल गरी प्रतियोगिताको उपाधी उचालेको
हो ।
प्रतियोगितामा विजयता भगवती युवा क्लवले रु ५१ हजार १ सय ५५ रुपंैयाँ पुरस्कारसहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै उपविजयता न्यू हरियाली युवा क्लव लालपुरले रु २५ हजार ५ सय २५ रुपैंयाँसहित प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको समापन समारोहमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम वली र न्यू हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमान सिंह सुनारले संयूक्त रुपमा विजयता तथा उप विजयता टीमका खेलाडीहरुलाई शिल्ड
तथा प्रमाण पत्र वितरण गरेका थिए ।प्रतियोगिताको मुख्य प्रायोजक रहेको न्यू हरियाली सामुदायिक वन उपभोक्ता समितिले विजयता टीमलाई प्रथम पुरस्कार राशी रु ५१ हजार १ सय ५५ रुपैंयाँको चेक हरुतान्तरण गरेको थियो ।
प्रतियोगिताको अवधिभर खेल सौहार्दपूर्ण वातावरणमा मित्रतापूर्ण भावनाका साथ सम्पन्न भएकोमा खुसी लागेको प्रतियोगिता आयोजक समितिका आर्थिक व्यवस्थापन समिति संयोजक दिल विश्वकर्माले बताए ।

प्रकाशित मितिः बिहिबार, अशोज २६, २०७४     9:10:56 AM  |