19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

जुन दलको चुनाव चिह्नमा चुनाव लड्यो, सोही दलको सदस्य रहने कानुनी व्यवस्था

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४  

काठमाडौं, असोज २० । निर्वाचन आयोगले निर्वाचनमा तालमेलका क्रममा जुन दलको निर्वाचन चिह्नमा चुनाव लडेको छ, त्यही दलको सदस्य रहने कानुनी व्यवस्था रहेको प्रष्ट गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने बहस भईरहेका बेला दलहरु एउटै निर्वाचन चिह्नमा चुनाव लड्न यही कारण हच्किरहेका हुन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जुन दलको निर्वाचन चिह्नमा चुनाव लड्यो, त्यो उम्मेदवार वा विजयी प्रतिनिधि निर्वाचन आयोगको अभिलेखमा सोही दलको सदस्य रहने कानुनी व्यवस्था रहेको जानकारी दिए ।

त्यस्तै निर्वाचन आयोगले दलहरुलाई अ।सोज २२ भित्रै आधिकारिक हस्ताक्षर बुझाउन भनेको छ । सोही हस्ताक्षरका आधारमा समानुपातिक तथा प्रत्यक्ष तर्फका उम्मेदवारहरुको दलको आधिकारिक उम्मेदवार पुष्टी गरिनेछ ।

अहिले निर्वाचन आयोगमा ९१ दल दर्ता भई सोही बमोजिमको निर्वाचन चिह्न पाएका छन् । निर्वाचन आयोगले मतपत्र छपाईको काम समेत थालिसकेको छ ।

एउटा मतपत्रमा प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक तर्फको निर्वाचन चिह्न हुनेछ भने अर्को मतपत्रमा प्रत्यक्ष तर्फको मतपत्र हुनेछ । दुई वटा मतपत्रमा एक जना मतदताले ४ स्थानमा मत संकेत गर्नुपर्नेछ । imagekhabar

प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४     2:05:06 PM  |