24 September 2023  |   सोमवार, अशोज ८, २०८०

एमाले सिध्याउन ठूलै चलखेल भइरहेको छ ः उपाध्यक्ष ज्ञवाली

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ २२, २०७४  

यान बि साहु
सल्यान,२३ भदौ,नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नं.६ का ईन्चार्ज युवराज ज्ञवालीले एमालेलाई सिध्याउन देशभित्र र बाहिरबाट ठुलै चलखेल भइरहेको बताएका छन् ।
बन्गाड कुपिण्डे नगरपालिकाको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले एमालेलाई सिध्याउन जति ठूलो शक्ति लागि परेपनि एमाले जनताको पार्टी भएकोले कसैले पनि केहि गर्न नसक्ने ज्ञवालीको दावी छ ।
सिंगो देश एमालेमय बनिरहेको अवस्थामा भ्रमित र बिचलित नहुन नेता तथा कार्यकर्तालाई उनले अग्रह समेत गरेका छन् । अव देशको शिर उच्च बनाउने र राष्ट्रको लागि काँध थाप्ने पार्टी एमाले मात्रै भएको पनि बताएका छन् ।
अर्का नेता अर्थ समिति सभापति एवं नेकपा एमाले सल्यान क्षेत्र नं.२ का सांसद प्रकाश ज्वालले अव हुने प्रदेश नं.२ को निर्वाचनमा पनि एमाले पहिलो शक्ति भएर उदाउने दावी गरेका छन् । एमाले जनताको पार्टी भएकोले जनताले विश्वास गरेर नै अघिल्ला निर्वाचनहरुमा पहिलो पार्टीको रुपमा स्थापित गरिसकेको अवगत गराउँदै अव हुने प्रदेश नं.२ तथा संघ र प्रदेशको चुनावमा पनि एमाले पहिलो शक्तिकै रुपमा उदाउने उनका भनाइ छ ।
यस्तै वैकल्पिक केन्द्रिय सदस्य गुलावजंग शाहले भने बन्गाड कुपिण्डे नगरमा संगठनलाई बलियो बनाउन अगुवा कार्यकर्तालाई निर्देशन दिएका छन् । संगठन बलियो चुस्त दुरुस्त भयो भने मात्रै सवै कुरा राम्रो हुन्छ, उनले भने । साथै एक ढिक्का भएर भएर सवै नेता तथा कार्यकर्तालाई लाग्न आह्वान गरेका थिए ।
भेलामै नेपाली कांगे्रसका साविक देवस्थल गाविस सभापति दिपबहादुर खड्का लगाएत दर्जन बढिले कार्यकर्ताहरुले एमाले प्रवेश गरेका छन् । उनीहरुलाई नेताहरुले अविर लगाएर स्वागत गरेका थिए ।
एमाले प्रदेश नं.६ का सह–ईन्चार्ज यमलाल कँडेल, जिल्ला कमिटी अध्यक्ष गोविन्द पुन, जिल्ला कमिटी सचिव रमेश कुमार गौतम लगायतले भेलालाई सम्वोधन गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, भदौ २२, २०७४     12:00:18 PM  |