3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

प्रधानमन्त्रीद्वारा मृतकको परिवारलाई ६ लाखको चेक हस्तान्तरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २, २०७४  

कोहलपुर, ०२  भदौ / प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीका कारण मृत्यु भएका बाँकेको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका तीन जना बालिकाका परिवारलाई बिहिबार नगद सहयोग गरेका छन् । सोही गाउँपालिकाको कमैया डाँडामा बिहिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले मृतक तीनजना बालिकाका बुबा कमिलाल थारुलाई ६ लाखको चेक हस्तान्तरण गरे ।
सरकारले बाढीपहिरोमा मृत्यु भएका प्रत्येक परिवारका सदस्यलाई दुई लाख दिने निर्णय गरेको छ ।
गत साउन २८ गते राति राप्ती नदीमा आएको बाढीका कारण राप्ती सोनारी–५ लालपुरका एकै परिवारका १२ वर्षीया अञ्जु थारु, नौ वर्षीया सरिता थारु र सात वर्षीया सुस्मिता थारु गरी तीन जना दिदीबहिनीको मृत्यु भएको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवाले त्यस क्षेत्रका बाढीपीडित परिवारका सदस्यलाई तयारी खाद्यान्न चिउरा, चाउचाउ, दालमोट, नून, खाने तेल, पिउने पानी र त्रिपाल समेत प्रदान गरेका थिए ।
बाढीपीडितलाई सम्बोधन गर्दै यस क्षेत्रमा पुनः बाढी आउन नदिने उपायको खोजी सरकारले गर्ने आश्वासन प्रधानमन्त्रीले देउवाले दिए ।
उनले मुलुकका बाढीपीडितको उचित बसोबास, जीविकोपार्जनका लागि सरकारका तर्पmबाट कुनै कसर बाँकी नराखिने बताउँदै दैवी विपत्तिका बेला सबैले आ–आफ्नो तहबाट सहयोग गर्नु पर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले बाँकेका बाढी प्रभावित क्षेत्रको हवाई र स्थलगत अवलोकन पनि गरे । बाँके जिल्लाको कार्यक्रम सकेर उनी बर्दिया र कैलाली जिल्लातर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, भदौ २, २०७४     3:45:51 PM  |