20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

संयूक्त टोलीद्वारा २७ हजार राहत संकलन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन ३१, २०७४  

कोहलपुर, ३१  साउन / बाँकेका बाढी पीडितहरुका लागि राहत संकलन अभियान शुरु गरिएको छ ।
गत शुक्रबार अविरल वर्षासँगै आएको बाढीबाट प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यले विभिन्न संघसस्थाहरुले जिल्लामा राहत संकलन अभियानको शुरुवात गरेका हुन् ।  त्यस्तै बाढी पीडितका  लागि कोहलपुरमा समाज  सुधार कार्यक्रम नेपाल, नेपाल नागरिक समाज, निर्धन उत्थान बैंक, सल्यानी सेवा समाज र जनआस्था बहुउदेश्यीय सहकारी लि.को संयूक्त टोलीले रातह संकलन गरेको छ । जसमा २७ हजार नगद रकम संकल गरिएको नेपाल नागरिक समाज कोहलपुरका अध्यक्ष भिम बहादुर शाहीले बताएका छन् । उनका अनुसार एक सय ८१ थान कपडा, भुजा १४ केजी, जुता, अन्य कपडा, चाउचाउ लगायतका राहत साम्रागी संकलन गरिएको छ । संकलित समाग्री बाँकेका बाढी पीडितलाई आज (मंगलबार) वितरण गरिने बताइएको छ ।

प्रकाशित मितिः मङ्लबार, साउन ३१, २०७४     1:51:36 PM  |