27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

कृषक र संचारकर्मी सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४  

बर्दिया, ३० असार / आर्थिक बर्ष २०७३ ७४मा कृषि क्षेत्रको प्रवद्र्धन र उत्पादकत्व बृद्धिमा सहयोग उत्कृष्ट कार्य गरेको भन्दै बर्दियामा कृषक र पत्रकारलाई पुरस्कृत एवं सम्मान गरिएको
छ ।
जिल्ला कृषि विकास कार्यालय बर्दियाले गुलरियामा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान एंव पुरस्कृत गरेको हो । प्रथम रुपमा पुरस्कृत हुनेमा धानबाली तर्फ बार बर्दिया ७ का चिरन्जीवी पहारी ,गंहुबाली तर्फ बारबर्दिया ३का सिताराम थारु,माछा तर्फ बढैया ताल गाउपालिका ५का गणेश लम्साल लगायतका १२ जना कृषकहरु रहेका छन् । प्रथम रुपमा पुरस्कृत हुनेलाई ५हजार ,द्वितीय हुनेलाई ३ हजार, तृतीय हुनलाई २हजार र सान्त्वना हुनलाई ५सय रुपिया प्रदान गरिएको थियो ।
सो कार्यक्रममा कृषि सम्बन्धि खोजमुलक पत्रकारिता गरेको भन्दै कारोवार राष्ट्रिय दैनिकका संवाददाता लक्ष्मण ढुंगाना र मिलन कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला आचार्यलाई लाई सम्मान समेत गरिएको छ ।
वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले किसानहरुलाई पुरस्कार र संचारकर्मी ढुगाना र सहकारीका अध्यक्ष आचार्यलाई दोसल्ला ओढाई सम्मान गरेका हुन् ।

प्रकाशित मितिः शुक्रबार, असार ३०, २०७४     12:34:11 PM  |