4 March 2021  |   बिहिबार, फाल्गुन २०, २०७७

जनप्रतिनिधिले लिए सपथ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २४, २०७४  

बाँसगढी, २४ असार / बर्दियामा रहेका ८ ओटा स्थानिय तहमा नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ ग्रहणसँगै आफ्नो कार्यभार सम्हालेका छन् । बारबर्दिया, गुलरिया, ठाकुरबाबा, मधुवन, राजापुर, बाँसगढी नगरपालिका, बह्रैयाताल र गेरुवा गाँउपालिकामा निर्वाचित जनप्रतिनिधीहरुले जनताको नाममा सपथ ग्रहण सँगै पदभार सम्हालेका छन् ।
शुक्रबार बाँसगढी नगरपालिकामा पनि नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ लिएसँगै पदभार ग्रहण गरेका छन् । बाँसगढी नगरपालिकामा नेकपा एमालेको तर्फबाट बि%A8Xҗc%A#Q7mSME.A2%8 E!A%y%m0-a4Fv/’Y%c’8A< 7E2mau%4 9AiM04DQ=!0!R'e0ुख सालिकराम अधिकारी, उपप्रमुख सुष्मा थारु सहित ९ वटै वडाका वडा अध्यक्ष लगायत सदस्यहरुले जनताको नाममा सपथ लिएका छन् । नेपालको संविधान प्रति बफादार रहँदै प्रचलित कानुनको अधिनमा रहि जनताको सोझो चिताई पक्षपात, आग्रह पुर्वाग्रहमा नपरी ईमान्दारीताका साथ आफ्नो काम पुरा गर्ने प्रतिबद्धता सहितको सपथ बाँसगढी नगरपालिकाका निर्वाचन अधिकृत कमल प्रसाद पौडेलले प्रमुख उपप्रमुख र वडा अध्यक्षहरुलाई गराएका थिए भने वडा सदस्यहरुलाई नवनिर्वाचित प्रमुख सालिकराम अधिकारीले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहणपछि भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नवनिर्वाचित बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले बाँसगढीलाई सुन्दर नगर बनाउन ऐतिहासिक सम्भावनाको बीचमा चुनौति पनि उतिकै भएको बताए । उनले बाँसगढीमा आवश्यकताहरु धेरै र सीमित स्रोत साधनको बीचमा बाँसगढीको विकासको लागि सबै जनप्रतिनिधीहरुको योजनाहरु पारदर्शिताका साथ अगाडि बढाउन सक्नु पर्ने बताए । ‘समाजको विकासको लागि सरकारी, सहकारी र निजी क्षेत्रलाई जसरी अगाडि बढाउन सकिन्छ, त्यसरी नै विकासको परिणाम पनि प्राप्त गर्न सकिन्छ’ उनले भने ‘नेपालको अर्थतन्त्रको विकास पनि गर्न सकिन्छ भन्ने अर्थतन्त्रको नीति बाँसगढी नगर भित्र पनि व्यवहारीक रुपमा अगाडि सार्नका लागि हामी प्रतिबद्ध भएर लाग्नेछौं ।’ कार्यक्रममा बिभिन्न पार्टीका प्रतिनिधीहरुले शुभकामना दिएका थिए । बाँसगढी नगरपालिकाका निर्वाचन अधिकृत कमल प्रसाद पौडेलको अध्यक्षतामा भएको सपथ ग्रहण तथा शुभकामना कार्यक्रममा सांसद निर्मल प्रकाश सुबेदी, नवनिर्वाचित नगर प्रमुख सालिकराम अधिकारी, उपप्रमुख सुष्मा थारु, बाँके जिल्लाका नवनिर्वाचित बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल, बह्रैयाताल गाँउपालिकाका प्रमुख लालबहादुर श्रेष्ठ, लगायत बिभिन्न पार्टीका प्रतिनिधीहरु समाजसेबी, बुद्धिजिबी, बरघर लगायतको सहभागिता रहेको थियो । सहायक निर्वाचन अधिकृत महेन्द्रजंग शाहीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन बाँसगढी नगरपालिकाका सूचना अधिकारी शेर बहादुर केसीले गरेका थिए ।

प्रकाशित मितिः शनिबार, असार २४, २०७४     12:10:08 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *