26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बर्दियाः कसको अग्रता कहाँ ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार १७, २०७४  

बर्दिया, १७ असार / यो समाचार तयार पार्दा सम्म गुलरिया नगरपालिकाको मेयर उपमेयरमा एमालेले झिनो अग्रता लिएको छ । मेयरमा एमालेका हरि ज्ञवाली कंग्रेसका मुक्तीनाथ यादव भन्दा ६ मतले मात्र अगाडि छन् । ज्ञवालीले ५६०५ मत ल्याएका छन् भने यादवले ५५९९ मत ल्याएका छन् ।
बाँसगढी ः बाँसगढी नगरपालिकाको मेयरमा उपमेयरमा एमाले उम्मेदवारहरु अगाडि छन् । मेयरमा शालिकराम अधिकारी र उपमेयरमा सुष्मा चौधरीले शुरुदेखि नै अग्रता लिएकै छन् । एमालेका मेयर उम्मेदवार अधिकारी नेपाली कांग्रेसका मेयरका उम्मेदवार गंगाधर थारु भन्दा झण्डै डबल मतले अगाडि छन् ।
अधिकारीले २८९७ र कंग्रेसका पौडेलले १७३६मत प्राप्त गरेका छन् । मओावदीका विनाराम थारुले १६९८ मत ल्याई तेस्रो स्थानमा रहेका छन् ।
ठाकुरबाबा ः ठाकुरबाबा नगरपालिकाको २५४४ मत ल्याई एमालेका घननारायण श्रेष्ठले मेयर पदमा र २५४४ मत ल्याई माओवादीकी कृष्णकुश्मा थारुले उपमेयरमा अग्रता लिएकी छिन । उनीहरुलाई मेयरमा माओवादी केन्द्रका नेत्रराज आर्चायले २३७२ मत ल्याई र उपमेयरमा बिना भटराईले २४७६ मत ल्याई पछाई रहेकी छिन् ।कंग्रेसका मेयरका उम्मेदवार मक्कुराम थारुले १४७६ र उपमेयर लिला भाटले १५४६ मत प्राप्त गरेकी छिन् ।
राजापुर ः कँंग्रेसका तर्फबाट मेयरमा उम्मेदवार दिपक जंग शाहले ११२५ मत प्राप्त गरि अग्रता हासिल गरिरहेका छन् भने उनलाई ९०८ मत प्राप्त गरि माओवादी केन्द्रका उम्मेदवार शिवप्रसाद थारुले पछाईरहेका छन् । उपमेयरमा कंग्रेसकी तारा चौधरी ९६८ मत प्राप्त गरि अग्र स्थानमा छिन भने उनलाई ९३० मत प्राप्त गरि मनकला चौधरीले पछाईरहेकी छिन्।एमालेका मेयर उम्मेदवार पहारी चौधरीले ३४७ र उपमेयर कृष्णी थारुले ४१३ मत प्राप्त गरेकी छिन् ।
मधुवन ः मधुवन नगरपालिकाको मेयर,उपमेयरमा माओवादीले अग्रता देखाएको छ । माओवादी केन्द्रका उम्मेदवार केसीले २९१७ मत र कंग्रेसका जग्गाप्रसाद पाण्डेले २३६४ मत ल्याएका छन् । उपमेयरमा पनि माओवादीकै शुभरानी थारुले २८७५ मत ल्याई अग्रता कायम गरेकी छिन् भने कंग्रेसकी तुलसी पुनले २३४९ मत ल्याएकी छिन् । एमाले मेयरका उम्मेदवार दुर्गा वलीले १४८८ मत र उपमेयरले १५१३ मत ल्याएकी छन् ।
बार बर्दिया ः बार बर्दिया नगरपालिकाको पछिल्लो परिणाम मेयर पदमा माओावादी केन्द्रका दुर्गाबहादुर थारुले १२८९मत , नेपाली कांग्रेसका परशुराम थारुले ७१२ र एमालेका रामबहादुर थारुले ६३० मत पाएका छन् । अन्जु दहित अगाडि छिन उनलाई कांग्रेसकी कोपिला गिरीले पछ्याइ रहेकी छिन् ।
गेरुवा ः गेरुवा गांउपालिकामा अहिले मेयरमा माओवादी केन्द््रका विश्व थारु र उपमेयरमा लिला थारुले अग्रता लिएका छिन् । विश्वले अहिलेसम्म १८३७ मत प्राप्त गरेका छन् भने उपमेयरमा माओवादीकी लिला चौधरीले १८३४ मत प्राप्त गरेकी छिन् । जवानसिंह केसीले १४७९ मत पाई माओावदाीका विश्व थारुलाई र १४६५ मत प्राप्त गरि कंग्रेसकी हिमा थारुले लिलालाई पछाईरहेकी छिन् ।
वडामा कसले जिते ?
गुलरिया १मा नेकपा एमालेका प्रताप गौतम सहितको पुरै प्याानल बिजयी भएको छ । गुलरिया २ मा पनि मा ने कपा एमालेका टंकप्रसाद अधिकारी, ३ मा नेपाली कांग्रेसका राजकुमार यादव, ४मा एमालेका रामबहादुर रावल, ५ मा कांग्रेसकी सावित्रा गौतम, ६ मा काँग्रेसका निरज गौतम बिजयी भएका छन् ।
गेरुवा गाउपािलका १ मा माओवादी केन्द्रका बैध थारु, २ मा नेपाली काँग्रेसका आलोक चौधरी, राजापुर नगरपालिका १ मा कांग्रेसका खुशिराम चौधरी, मधुवन नगरपालिका वडा नं १ मा माओवादी केन्द्रका परशुराम थारु, २ मा पनि माओवादीकै पहाडी थारु बिजयी भएका छन् । मधुवन नगरपालिका वडा नं ३ मा नेपाली कांग्रेसका नारायण मल्ल बिजयी भएका छन् ।
ठाकुरबाबा नगरपालिका १ मा माओवादी केन्द्रका श्यामलाल थारु, बाँसगढी नगरपालिका १ मा माओवादी केन्द्रका जयराज पाण्डे बिजयी भएका छन् ।

प्रकाशित मितिः शनिबार, असार १७, २०७४     12:32:35 PM  |