23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

भ्रष्टाचार शुन्य बनाइने प्रतिवद्धता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४  

बाँसगढी, ६ असार / समृद्ध सुन्दर र भ्रष्टाचार शुन्य बढैयाताल गाउँपालिका बनाउने विभिन्न दलका अध्यक्ष पदका उमेद्धारहरुले सामुहित प्रतिबद्धता जनाएका छन् ।
सामुदायिक आत्मानिर्भर सेवा काठमान्डौको सहयोगमा रेडियो गुर्बाबा एफ. एम र भुमिअधिकार मञ्च बर्दियाको संयूक्त आयोजनामा बढै्यातालको मैनापोखरमा सोमबार गरेको मतदातासँग उम्मेदवार रेडियो बहस कार्यक्रममा उनीहरुले जन प्रतिनिधीहरुलाई जनता प्रति जबाफदेही र कर्मचारीतन्त्रलाई चुस्त बनाई भष्टचार शुन्य गाउँपालिका बनाउने सामुहिक प्रतिबद्धता जनाएका हुन् ।
उनीहरुले छुवाछुत मुक्त गाउँपालिका बनाउने र अल्पसंख्यक जाती, जनजाती, ज्येष्ठ नागरिक, बालबालिकाहरुलाई प्राथमिकताका साथ सुबिधा दिने जनाएका छन् । बढैयाताल सीमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने, मानिसका आधारभुत मानब अधिकार गाँस, बाँस, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगार प्रमुख प्राथमिकता हुने सबै उमेद्धारहरुले जनाएका छन् ।
नागरिकहरुलाई सू–सुचित गर्न अद्याबधिक सूचना मातृ भाषा सम्प्रषण गर्ने संयन्त्र निर्माण गर्ने, भुमिमा रहेका दोहोरो स्वामित्वको अन्त्य गर्न कानून बमोजिम मोहीहरुलाई उपयुक्त जग्गा उपलब्ध गराउने र गरिबको पहिचानलाई पहिलो प्राथमिकता दिंदै थारु समाजमा बिद्यमान रहेको प्रथाजनित संगठन मटावाँ, बरघर प्रथाले गरिरहेको कामको उच्च मुल्याङ्कन गर्दै आगामी दिनमा प्रथाजनित संगठनलाई स्थानिय विकासको मुलधारमा ल्याउने कार्यमा जोड दिने बताएका छन् ।
कार्यक्रममा बढैयाताल गाँउपालिकाका अध्यक्ष पदका उम्मेद्वार नेपाली काँग्रेसका मानबहादुर बुढा, नेकपा एमालेका लालबहादुर श्रेष्ठ, नेकपा माओबादी केन्द्रका लल्लुराम थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीका कलबहादुर हमाल र नेपाल लोकतान्त्रीक पार्टीका गोबिन्द थारु रहेका थिए । कार्यक्रम नेताहरुलाई जनताप्रति जवाफदेही बनाउन र आम नागरिकलाई नागरिक हुनुको कर्तब्य बोध गराउने उद्देश्य र पार्टीको घोषणापत्रमा भएको बिकासको योजना सबै मतदाताहरुलाई जानकारी गराउने, उनिहरुको परिकल्पना ,ध्येय, र लक्ष्य के
हो ? काम गर्ने तौर तरिका कस्तो हुन्छ र चुनाब जितीसके पछि जनताहरुको लागी के गर्नेछन ? जस्ता राजनीतिक दलहरुको प्रतिबद्धता सहित रेडियो बहस कार्यक्रम भएको हो ।

प्रकाशित मितिः मङ्लबार, असार ६, २०७४     11:49:38 AM  |