18 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

स्वर्ण जयन्तीमा रक्तदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४  

कोहलपुर, ३० जेष्ठ / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको स्वर्ण जयन्ती तथा विश्व रक्तदाता दिवसको अवसरमा सोमबार कोहलपुरमा बृहत रक्तदान कार्यक्रम गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरको आयोजनामा रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।  कार्यक्रमका प्रमुख अतिथि जिल्ला रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवद्र्धन सिंह सम्झनाले रगत अभावबाट कसैको पनि ज्यान नजाओस् भन्नका लागि पनि रेडक्रसले निरन्तर रुपमा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
कोहलपुर उपशाखा अध्यक्ष नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा रेडक्रसकर्मी, समाजसेवी, सुरक्षाकर्मी लगायतले रक्तदान गरेका थिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ३०, २०७४     12:46:38 PM  |