15 May 2021  |   शनिबार, जेष्ठ १, २०७८

दशविगाह बजारमा खनाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४  

कोहलपुर, १४ जेष्ठ  / दशविगाहा बजार सुधार समिति कोहलपुरको अध्यक्षमा विष्णुप्रसाद खनाल चयन भएका छन् । शनिबार भएको भेलाले खनालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा प्रेमराज सुवेदी, महासचिव टंक प्रसाद खनाल, सचिव एक राज घिमिरे र कोषाध्यक्ष दिनानाथ अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा गणेश प्रसाद रिजाल, राज बहादुर कार्की, दामोदर पौडेल, चक्र बहादुर केसी, रमेश घिमिरे, भिम बहादुर कार्की, अर्धराज थापा, राजेन्द्र महतरा, ऋषिराम आचार्य लगायत छन् ।
अध्यक्षमा चयन भैसकेपछि खनालले अबका दिनहरुमा सरसफाईका कार्यक्रमहरु निरन्तर रुपमा संचालन ल्याउने बताए । अस्पताल क्षेत्र भएकाले स्वच्छ र सफा वातावरण बनाउनका लागि प्रत्येक सटरको अगाडि बृक्षारोपण गरि हरीयाली बनाउने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४     12:12:01 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *