17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

विद्यालयलाई अढाई लाख सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १०, २०७४  

कोहलपुर, १० जेष्ठ / बैजनाथ ४ नौलापुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई अढाई लाख आर्थिक सहयोग गरिएको छ । विद्यालयको भौतिक एवम् शैक्षिक विकासका लागि सो रकम सहयोग गरिएको हो ।
मंगलबार एक कार्यक्रम गरी जिडब्लुएस पोखराको सहयोगमा एडब्लुसी सुर्खेत भेरी मार्फत उक्त रकम सहयोग गरिएको एडब्लुसी अधिकृत खड्कबहादुर बुढाले जानकारी दिए । कार्यक्रममा गोर्खा युनाईटेड माविका निर्देशक केशर बहादुर आलेले वृक्षारोपणका लागि रु. १ लाख दिने प्रतिवद्धता जनाएका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कालीबहादुर सिंहको सभापतित्वमा भएको कार्यक्रमको संचालन विद्यालयका सूचना अधिकारी तारानाथ योगीले गरेका थिए ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १०, २०७४     12:33:24 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *