26 September 2021  |   आइतवार, अशोज १०, २०७८

पत्रकार खानलाई अभिनन्दन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४  

कोहलपुर, ६जेष्ठ /  राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल सरकारले २ लाख रुपैयाँ सहितको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार २०७३’ बाट सम्मानित गरेकोमा बाँके युनेस्को क्लबले पत्रकार सिराज खानको शुक्रबार अभिनन्दन गरेको छ ।
कार्यक्रममा क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले सरकारले क्लबका वरिष्ठ उपाध्यक्ष समेत रहेका पत्रकार खानलाई राष्ट्रिय पत्रकारिता जस्तो ठूलो र गरिमामय पुरस्कार र सम्मान प्रदान गरेकोमा सरकारप्रति आभार ब्यक्त गर्दै यसले बाँके लगायत पश्चिम नेपालकै पत्रकारिताको सम्मान भएको बताए ।
२०४६ सालबाट पत्रकारिता शुरु गर्नु भएको पत्रकार खान हालसम्म विभिन्न संचार माध्यममा आवद्ध भएर पत्रकारिता गर्दै आएका छन् । विगत १२ बर्षदेखि उनले गोरखापत्र दैनिकमा नेपालगन्ज समाचारदाताको रुपमा काम गर्दै आएका छन् ।
यही बैशाख २४ गते तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल सरकारले उनी लगायत देशका ८ जना वरिष्ठ पत्रकारहरुलाई जनही २ लाख रुपैयाँ सहित पुरस्कृत र सम्मानित गरेको थियो ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४     12:39:36 PM  |