मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ११, २०७४
वैशाख ११, / डिआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरी गैर–कानुनी रुपमा थुनामा राखेको भन्दै उनका तर्फबाट कानुन व्यवसायी पूर्णप्रसाद राजवंशीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरण रिट दायर गरेका छन् ।
रिटमा नेपाल प्रहरीले सिलवाललाई गैर–कानुनी रुपमा हिरासतमा लिएर राखेको दाबी गर्दै रिट उपर आजै छलफलको माग गरिएको छ । अदालत स्रोतका अनुसार रिटमा सकेसम्म आजै नभए भोलीसम्ममा सुनुवाई हुन सक्छ ।
डिआईजी सिलवाललाई आज बिहान उनको निवासबाट नेपाल प्रहरीको दुई नम्बर गणबाट गएका प्रधान कार्यालय पुर्याएको थियो । प्रहरीले भने उनलाई मात्र सोधपुछका लागि बोलाइएको दाबी गरिरहेको छ /