19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

सकियो वन्यजन्तु सप्ताह

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ८, २०७४  

कोहलपुर, ८ बैशाख  / बाँके राष्ट्रिय निकुञ्जले सञ्चालन गरेको २२ औं वन्यजन्तु सप्ताह बिहीबार राहत, अनुदान तथा संरक्षण पुरस्कार वितरण गर्दै सम्पन्न भएको छ । पश्चिम सेक्टर कार्यालयमा भएको समापन समारोहमा संरक्षणकर्मी शान्तिकुमारी चौधरीलाई संरक्षण पुरस्कार प्रदान गरियो । उनलाई ५ हजार नगद सहित सम्मानपत्रले सम्मान गरिएको हो ।
हरेक महिना प्रदान गरिने संरक्षण पुरस्कार अन्तरगत चैत्र महिनाको पुरस्कार चौधरीलाई प्रदान गरिएको निकुञ्जले जनाएको छ । चौधरी चोरी शिकार नियन्त्रण युवा जागरण उपसमिति ढकेरीकी संयोजक हुन् ।  कार्यक्रममा वन्यजन्तुले नोक्सान पु¥याएका ३० जना घरधनीलाई राहत वितरण गरिएको थियो । यस्तै वन्यजन्तु सप्ताहमा सहयोग पु¥याउने गोरखदल गणका गणपति जयेन्द्र केसी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति निवर्तमान अध्यक्ष सावित्रा पुन, सिबिएपियू सञ्जाल बाँके अध्यक्ष कृष्ण चौधरी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास अन्तरगत आयआर्जनका लागि जनआस्था मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहलाई २ लाख अनुदानको घोषणा गरिएको छ ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष गेहेन्द्रकुमार खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष ठाकुरसिंह थारु, विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, मध्यवर्ती क्षेत्रका उपभोक्ताहरु लगायतको उपस्थिति थियो ।
बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सिबिएपियू सञ्जाल बाँके अध्यक्ष कृष्ण चौधरीले गरेका थिए ।
‘युवा अग्रसरता ः संरक्षण र सम्बृद्धिको सुनिश्चितता’ भन्ने नाराका साथ बैशाख १ गतेदेखि शुरु भएको वन्यजन्तु सप्ताहमा हात्ती ¥याली, अन्तरक्रिया, राप्ती नदीमा घडियाल गोहीको सम्भाव्यता पहिचान, फुटबल प्रतियोगीता लगायतका कार्यक्रमहरु गरिएको थियो ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ८, २०७४     1:46:30 PM  |