25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

रुपन्देही–११ फाइनलमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २, २०७३  

कोहलपुर, २ चैत्र / रुपन्देही–११ नेपालगञ्जमा जारी दोस्रो टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुपन्देही ११ ले प्रहरीलाई २–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भएको हो । रुपन्देहीका अमर डंगोलको दुई हेडिङ गोलको मद्दतले प्रहरीलाई पराजित गर्न सफल भयो ।
३३ मिनेटमा डीएरियाभित्र फाउल गरेपछि पाएको पेनाल्टीमार्फत प्रहरीले अग्रता लिएको थियो । जुमानु राईले प्रहरीलाई अग्रता दिलाएका थिए । गोल खाएको तीन मिनेट मै रुपन्देहीले बराबरी गरेको थियो । अमर डंगोलले उत्कृष्ट गोल गर्दै टीमलाई बराबरीमा ल्याएका थिए । फ्रिकिकमा आएको बललाई डंगोलले हेडिङ गरेर गोल गरेका थिए ।
७५ मिनेटमा पाएको कर्नरमा फेरि डंगोलले हेडिङमार्फत नै गोल गरेपछि रुपन्देही–११ विजयी भएको थियो । म्यान अफ द म्याच डंगोलको प्रदर्शन उत्कृष्ट रह्यो ।
प्रतियोगितामा पाँच जनाले पहेलो कार्ड पाएका थिए । रुपन्देहीका ४ र प्रहरीका एकजनाले पहेलो कार्ड पाए ।
प्रहरीले प्रशिक्षक कुमार कटुवालले अग्रता लिएर पनि बचाउन नसक्दा पराजित भएको बताए । अब बिहीबार उपाधीका लागि रुपन्देही–११ र संकटाका बीचमा खेल हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, चैत्र २, २०७३     12:09:08 PM  |